default_image

3 years ago

August 24, 2021

सेभिया ला लिगाको शीर्षस्थानमा

एजेन्सी – सेभिया स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । गेटाफेमाथि १–० को संघर्षपुर्ण जित दर्ता गर्दै सेभिया ला लिगाको शीर्ष स्थानमा उक्लिएको हो । समान ६ अंक नै रहेपनि सेभियाले साविकको विजेता एट्लेटिको म्याड्रिडलाई गोल अन्तरमा पछि पारेको छ । रियल म्याड्रिड, बार्सिलोना, मलोर्का र भ्यालेन्सियालाई २ अंकले पछि पारेको छ । पराजित गेटाफेले […]

62 views

0 Bookmark

एजेन्सी – सेभिया स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । गेटाफेमाथि १–० को संघर्षपुर्ण जित दर्ता गर्दै सेभिया ला लिगाको शीर्ष स्थानमा उक्लिएको हो ।

समान ६ अंक नै रहेपनि सेभियाले साविकको विजेता एट्लेटिको म्याड्रिडलाई गोल अन्तरमा पछि पारेको छ । रियल म्याड्रिड, बार्सिलोना, मलोर्का र भ्यालेन्सियालाई २ अंकले पछि पारेको छ । पराजित गेटाफेले अंकको खाता खोल्न सकेको छैन ।

कोलिसिउम अलफन्सो पेरेज स्टेडियम गेटाफेमा सेभियाको महत्वपुर्ण जितमा इरिक लमेलाले इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा गोल गरेका थिए । उनी यसै समरमा इंग्लिस क्लब टोटेनहम हटस्परबाट सेभिया आएका हुन् । उनले ला लिगाको सुरुवाती दुई खेलमा लगातार गोल गर्दै आफ्नो गोलसंख्या ३ पुर्‍याएको छ । उनले रायो भालेकानोविरुद्ध २ गोल गरेका थिए ।

सेभियाले घरेलु टोलीविरुद्ध बल पोसेसनमा पकड राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । दोस्रो हाफको शुरुमै सुसोको स्थानमा मैदान छिरेका लमेलाले गोल गर्दै सेभियालाई महत्वपुर्ण जितसहति ३ अंक दिलाए ।

ला लिगाकै अर्काे खेलमा ओसासुना र सेल्टा डि भिगोले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । ओसासुना २ अंक जोडेर १४औं स्थानमा रहँदा १ अंक जोडेको सेल्टा १६औं स्थानमा रहेको छ ।

May 2, 2024

पिएसजी विरुद्ध पहिलो लेगमा डर्टमुण्डलाई अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमीफाइनल अन्तर्गत पहिलो लेगको समाप्तिमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता बनाएको छ । घरेलु मैदानमा भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मान माथि १-० को जित दर्ता गरेको हो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा एकमात्र गोल गरे । डिफेन्स लाइन बार निको श्लोटरबेकले […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

May 1, 2024

आयोजक र काठमाडौं गोदावरी मेयर कपको क्वार्टरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – आयोजक गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरीमा अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ५–३ ले हराउँदै गोदावरी बि अन्तिम आठमा पुगेको हो । अर्को खलमा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–२ […]

Success

Thank you for your time.