default_image

3 years ago

August 28, 2021

इन्टर मिलानको पूनरागमन जित

77 views

0 Bookmark

एजेन्सी – साविकको विजेता इन्टर मिलानले एक गोलले पछि परेको अवस्थामा इटालियन सिरी ‘ए’ मा पूनरागमन जित दर्ता गरेको छ । घरेलु टोली हेलास भेरोनासँग १–० ले पछि परेको अवस्थामा इन्टरले ३–१ को पूनरागमन जित दर्ता गरेको हो

भेरोनामा शुक्रबार राति भएको खेलमा इन्टरको जितमा जोआक्विन कोरेआले दुई तथा लोउटारो मार्टिनेजले एक गोल गरे । घरेलु टोलीका इभान लिसको गोल सान्त्वना बन्यो । खेलको १५औं मिनेटमा इभान लिसको गोलबाट घरेलु टोलीले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो ।

खेलमा पछि परेपछि इन्टरले बल पोसेसनमा पकड राख्दै घरेलु टोलीलाई लगातार दवावमा राखेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । दोस्रो हाफको शुरुमै ४७औं मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएपछि इन्टर खेलमा फर्किएको थियो । ८३औं मिनेटमा जोआक्विन कोरेआले माटियो डरमिएनको पासमा गोल गर्दै इन्टरलाई २–१ को अग्रता दिलाए ।

इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा जोआक्विन कोरेआले निकोलो बरेल्लाको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै इन्टरलाई ३–१ को पूनरागमन जित दिलाए । लगातार दोस्रो जितसँगै इन्टर दुई खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । पराजित भेरोना अंकविहीन हुदै १९औं स्थानमा छ ।

यस्तै अर्काे खेलमा उडिनेसले भेनेजियालाई ३–० ले हराउँदै सिरी ‘ए’ मा पहिलो जित दर्ता गरेको छ । उडिनेसको जितमा इगासियो पुसेटो, जेराड डेउलोफेउ र नाहुएल मोलिनाले समान एक गोल गरे ।

जितपछि भेरोनाको दुई खेलबाट ४ अंक पुगेको छ । पराजित भेनेजिया अंकविहीन हुदै पुछारमा छ ।

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

May 8, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२:४५ बजे सुरु हुनेछ । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन […]

May 8, 2024

पिएसजीलाई हराउँदै बोरुसिया डर्टमुण्ड च्याम्पियन्स लिग फाइनलमा

एजेन्सी – फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै जर्मन क्लब बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । पिएसजी माथि दोस्रो लेगमा १-० सहित समग्रमा २-० को जित हासिल गर्दै डर्टमुण्ड ११ वर्ष पछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको दोस्रो लेगमा डर्टमुण्डका लागि […]

Success

Thank you for your time.