default_image

3 years ago

September 1, 2021

फातीले १० नम्बर जर्सी लगाउने

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले बार्सिलोना छाडेपछि खाली भएको जर्सी नम्बर १० क्लबकै एकेडेमी ला मासियाबाट आएका युवा विंगर अन्सु फातीले लगाउने भएका छन् । बार्सिलोनाले सामाजिक संजालमा भिडियो राख्दै फातीले १० नम्बर जर्सी लगाउने पक्का गरेको हो । स्पेनिस राष्ट्रिय टोलीबाट समेत खेलिसकेका फाती गत साताबाट मात्र अन्य खेलाडीसँग प्रशिक्षणमा सामेल भएका थिए […]

49 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले बार्सिलोना छाडेपछि खाली भएको जर्सी नम्बर १० क्लबकै एकेडेमी ला मासियाबाट आएका युवा विंगर अन्सु फातीले लगाउने भएका छन् ।

बार्सिलोनाले सामाजिक संजालमा भिडियो राख्दै फातीले १० नम्बर जर्सी लगाउने पक्का गरेको हो । स्पेनिस राष्ट्रिय टोलीबाट समेत खेलिसकेका फाती गत साताबाट मात्र अन्य खेलाडीसँग प्रशिक्षणमा सामेल भएका थिए । चोटबाट मुक्त भएपछि १८ वर्षीय उनी पूनरागमनको अन्तिम तयारीका क्रममा रहेका छन् ।

घुँडाको चोटका कारण उनी झन्डै ८ महिनादेखि मैदान बाहिर रहँदै आएका छन् । बार्सिलोनाले फाती सेप्टेम्बरको मध्यसम्ममा मैदान फर्कने अपेक्षा गरेको छ । योजना अनुसार भएमा अन्तर्राष्ट्रिय विश्रामपछि उनी मैदान फर्कनेछन् । यदि त्यस्तो भएको खण्डमा सेभिल्लाविरुद्धको खेलका लागि उनी उपलब्ध हुनेछन् ।

सन् २०२० को नोभेम्बरमा बायाँ घुँडामा चोट लागेपछि उपचार र रिह्याबका क्रममा पटक पटक उनलाई पुनरागमनमा समस्या भएको थियो । तर, अब भने उनी पूनरामगनको तयारीमा देखिन्छन् । यद्दपी पूर्ण रुपमा ठीक नभएसम्म बार्सिलोना जोखिम उठाउने पक्षमा देखिदैन ।

अगष्टको सुरुवातबाटै उनी एक्लै अभ्यासमा फर्केका थिए । अहिले भने उनी टोलीका अन्य खेलाडीका साथ अभ्यास गर्नका लागि तयार भएका छन् । फाती उच्च लयमा खेलिरहँदा घाइते हुन पुगेका थिए । त्यसको असर बार्सिलोनाको नतिजामा पनि परेको थियो । चोटकै कारण उनले युरोपेली च्याम्पियनसिप र टोकियो २०२० ओलम्पिक पनि गुमाएका थिए ।

यो पनि : मेस्सी र रोनाल्डोदेखि केन र एम्बापपेसम्म : यस्तो रहयो समग्रमा ट्रान्सफर विन्डो

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.