default_image

3 years ago

September 11, 2021

हालान्डको दुई गोलमा डर्टमुन्डको रोमाञ्चक जित

83 views

0 Bookmark

एजेन्सी – नर्वेजियन युवा स्टार एर्लिङ ब्राउट हालान्डले दुई गोल गरेपछि बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा बायर लिभरकुसनमाथि रोमाञ्चक जित दर्ता गरेको छ ।

डर्टमुन्ड खेलमा तीनपटक पछि परेपनि गोलको वर्षा भएको खेलमा घरेलु टोलीमाथि ४–३ को रोमाञ्चक पूनरागमन जित निकाल्न सफल भएको हो । बायर लिभरकुसनले खेलमा तीनपटक अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा पराजित हुन पुग्यो ।

लिभरकुसनको घरेलु मैदान बे एरिनामा डर्टमुन्डको जितमा हालान्डले दुई गोल गर्दा जुलिएन ब्रान्ड र राफयल गुरेइरोले समान एक गोल गरे । घरेलु टोलीका लागि फ्लोरिएन रिट्ज, प्याट्रिक सिक र मौसा डियावीले अग्रता दिलाएपनि कुनै अंक जोड्न सकेन ।

खेलको नवौं मिनेटमा फ्लोरिएन रिट्जको गोलबाट बायर लिभरकुसनले सुरुवाती अगता लिएको थियो । उनले पाउलिन्होको पासमा गोल गरेका थिए । ३७औं मिनेटमा हालान्डले थोमस म्युनिएरको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

३९औं मिनेटमा जुड बेलिङघमले गोल गरेपनि उक्त गोलको मुभमा फल देखिदा भिएआरबाट गोलले मान्यता पाएन । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा युरोकपमा सनसनी मच्चाएका चेक फरवार्ड प्याट्रिक सिकले फ्लोरिएन रिट्जको पासमा गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाए ।

४९औं मिनेटमा हालान्डको पासमा जुलिएनले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ५५औं मिनेटमा मौसा डियावीले गोल गर्दै बायर लिभरकुसनलाई पुनः ३–२ को अग्रता दिलाए । ७१औं मिनेटमा राफयल गुरेइरोले गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याउदै खेललाई थप रोमाञ्चक बनाए ।

७७औं मिनेटमा हालान्डले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै डर्टमुन्डलाई खेलमा पहिलोपटक अग्रता दिलाए । पेनाल्टी बक्समा कप्तान मार्काे रिउसलाई ओडिलोन कोस्सोनोउले फल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै डर्टमुन्डलाई पेनाल्टी प्रदान गरेको थियो ।

त्यसपछि थप गोल निस्कन नसक्दा डर्टमुन्डले ४–३ को रोमाञ्चक पूनरागमन जित निकाल्न सफल भयो । यो जितसँगै डर्टमुन्डको ४ खेलबाट ९ अंक पुगेको छ । पराजित लिभरकुसनको ७ अंक छ ।

अन्य नतिजा

फ्रेइवर्गविरुद्ध कोल्न (१–१)

ग्रेउथर फर्थविरुद्ध वल्फ्सवर्ग (०–)

होफेनहाइमविरुद्ध माइन्ज (०–)

युनियन बर्लिनविरुद्ध अग्सवर्ग (०–०)

यो पनि : रोनाल्डोको दुई गोलमा म्यानचेस्टर युनाइटेडको सानदार जित

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.