default_image

3 years ago

September 12, 2021

रियल म्याड्रिड ५६० दिनपछि बर्नाबेउ फर्कदै

38 views

0 Bookmark

एजेन्सी – स्पेनिस महारथी क्लब रियल म्याड्रिड झन्डै १९ महिनापछि आफ्नो घरेलु मैदान सान्टियागो बर्नाबेउमा फर्कदैछ । स्पेनिस ला लिगामा आज (आइतबार) रियलले सेल्टा डि भिगोको आतिथ्यता गर्दाको खेल यही ‘आइकोनिक’ सान्टियागो बर्नाबेउमा हुनेछ । खेल नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ ।

रियलले बर्नाबेउमा अन्तिमपटक ५ सय ६० दिन अघि अर्थात १ मार्च २०२० मा ‘एल क्लासिको’ मा बार्सिलोनासँग प्रतिस्पर्धा गरेको थियो । जिनेदिन जिदानको प्रशिक्षणमा भिनिसियस जुनियर र मारियानो डियाजको गोलमा रियलले २–० को जित रचेको थियो ।

कोरोना भाइरस संक्रमणको महामारीका बेला रंगशालामा दर्शक प्रवेशमा निषेध भएपछि रियलले त्यसको फाइदा उठाएर बर्नाबेउको पुर्ननिर्माण गरेको थियो । बर्नाबेउ पुनर्निर्माणबाट गुज्रिएपछि रियलले भाल्डेवेवासमा रहेको प्रशिक्षण मैदान अल्फ्रेडो डि स्टेफानोमा गत सिजनको पुरै र त्यसअघिको केही खेल भएको थियो ।

अबको अवसरलाई लिएर रियल म्याड्रिडका अध्यक्ष प्रशिक्षक फ्लोरेन्टिनो पेरेजले फेरि एकपल्ट सान्टियागो बर्नाबेउमा फुटबल फर्कदै र यो निकै रोमाञ्चक स्थिति रहेको बताएका छन् । उनले यो अवधि हाम्रो लागि मात्र नभई सबैको लागि कठिन रहेको थपे ।

झन्डै १९ महिनापछि बर्नाबेउ तयार हुदा स्टेडियममा एकैपल्ट सबैलाई प्रवेशका लागि अवसर भने दिइने छैन् । कोभिड प्रोटोकलका कारण सीमित दर्शकलाई मात्रै रंगशालामा प्रवेश दिइनेछ । पहिलो खेलमा रियलले रंगशाला निर्माण गर्दा काम गरेका कर्मचारीले निशुल्क प्रवेश दिने भएको छ । रियलले नयाँ सिजनको सुरुवाती तीन खेल अवे मैदानमा खेलिसकेको छ ।

May 15, 2024

चन्द्रगढी सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोडचन्द्रगढी भेट्रान्स एफसी बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा झापाको झिलझिले भेट्रान्स एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै चन्द्रगढी अन्तिम चारमा प्रवेश गरेको हो । खेलको आठौँ मिनेटमा झिलझिलेका कुमार जोशीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि चन्द्रगढीले गोल […]

May 15, 2024

एकता स्पोर्टिङ क्लबले मनायो एएफसी ग्रासरुट दिवस

हिमाल खरेल, बिर्तामोडझापाको बिर्तामोडमा रहेको एकता स्पोर्टिङ क्लबले किशोर खेलाडीहरुबीच ११ औं एएफसी ग्रासरुट दिवस मनाएको छ । क्लबले आदर्श मैदान एकेडेमी अफ स्पोर्टसको सहकार्यमा बिर्तामोड २ बेलडाँगीमा रहेको फुटबल टे«निङ सेन्टरमा ग्रासरुट दिवस मनाएको हो ।फुटबलको विकास ग्रासरुटबाट हुन आवश्यक छ भन्ने अवधारणाका साथ क्लबले दिवस मनाएको अध्यक्ष किरण पौडेलले जानकारी दिए । क्लबले […]

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

Success

Thank you for your time.