default_image

3 years ago

September 12, 2021

नेपाल र बंगलादेशको बराबरी

42 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोली र बंगलादेशले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेल गोलरहित बराबरीमा सकिएको हो ।

बिहीबार भएको पहिलो मैत्रीपुर्ण खेलमा नेपालले २–१ को जित निकालेको थियो । डेब्यु खेलमै सविता रानामगर र प्रीति राईको नेपालको लागि गोल गरेकी थिइन् । नेपालले बंगलादेशसँग दोस्रोपटक बराबरी खेलेको थियो । दुवै टोलीले केही आक्रमणको प्रयास गरेपनि सफलता हात पार्न सकेनन् ।

प्रतिस्पर्धात्मक बनेको खेलको छैटौ मिनेटमा गोलरक्षक अन्जना रानामगरको गल्तीमा श्रीमोती सरकारले बल खोस्दै गरेको क्रसमा पेनाल्टी बक्समा मोस्सामत सोप्नाले सुवर्ण अवसर पाएपनि प्रहार गर्न ढिला गर्दा आँफैले फल गर्न पुगिन् । नवौं मिनेटमा अमृता जैशीको भली प्रहारलाई बंगलादेशकी गोलरक्षक रुप्ना चक्माले दोस्रो प्रयासमा नियन्त्रणमा लिइन् ।

लगत्तै १०औं मिनेटमा सरु लिम्बुको प्रहारलाई गोलरक्षक चक्माले पञ्च गर्दै चाउँदा नेपाल अग्रता लिनबाट चुक्यो । २०औं मिनेटमा रश्मी कुमारी घिसिङको पासमा सरु लिम्बुले पेनाल्टी बक्स नजिकै अवसर पाएपनि मसुरा परभिनले क्लियर गरिदिइन् । ३०औं मिनेटमा श्रीमोती सरकारको पेनाल्टी सरकारको प्रहार क्रसबारमा लागेर बाहिररिदा नेपालको संकट ट¥यो ।

६७औं मिनेटमा बंगलादेशकी कप्तान सविना खातुनको फ्रिकिकलाई नेपाली गोरलक्षक अन्जना रानामगरले सहजै नियन्त्रणमा लिइन् । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले दोस्रो मैत्रीपुर्ण खेलमा तीन खेलाडी परिवर्तन गरेको थियो । फरवार्ड रश्मी कुमारी घिसिङ, मिडफिल्डर अनिता बस्नेत र गोलरक्षक अन्जना रानामगरले पहिलो रोजाईमा मौका पाएकी थिइन् ।

६६औं मिनेटमा रश्मी कुमारी घिसिङको स्थानमा सविता रानामगर र अनिता बस्नेतको स्थानमा अनिता केसीलाई मैदानमा पठाएपनि नेपालले बंगलादेशको पोस्टमा गतिलो आक्रमण बुन्न सकेन । सिनियर अन्तर्राष्ट्रिय फुटबलमा नेपालले अहिलेसम्म बंगलादेशसँग हार बेहोरेको छैन । यो नतिजासँगै हालसम्म खेलेका ८ खेलमा नेपालले ६ जित र २ बराबरी खेलेको छ ।

उज्वेकिस्तानमा आयोजना हुने एएफसी कप २०२२ छनोटअघि नेपाल र बंगलादेशसँग मैत्रीपुर्ण खेल खेलेको हो । नेपाली महिला टोलीले सन् २०२२ मा भारतमा हुने एसियन कपको छनोटका लागि उज्वेकिस्तानमा १८ सेप्टेम्वरमा फिलिपिन्स र २१ सेप्टेम्बरमा हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.