default_image

3 years ago

September 12, 2021

‘रणनीति परिवर्तन गर्दा कमजोर प्रदर्शन’ – प्रशिक्षक फिलिप्स

71 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बंगलादेशसँगको पहिलो मैत्रीपूर्ण खेलको दाजोमा आफ्नो टोलीले दोस्रो खेलमा कमजोर प्रदर्शन गरेको स्वीकार गरेका छन् ।

दशरथ रंगशालामा आइतबार भएको नेपाल र बंगलादेशबीचको दोस्रो खेल गोलरहित बराबरीमा टुंगिएको थियो । बिहीबार भएको पहिलो खेलमा नेपाल २–१ ले हराएको थियो । एएफसी एसियन कप छनोटको तयारीमा रहेका दुई टोलीले मैत्रीपूर्ण खेल खेलेका थिए ।

‘पहिलो खेलमा भन्दा आजको रणनीतिमा केहि परिवर्तन गरेर खेलाएको थिएँ’, फिलिप्सले भने, ‘त्यसमा मेरो पनि केहि कमजोरी रह्यो । सोचे जस्तो प्रदर्शन हुन सकेन । कप्तान रेनुका नगरकोटेले भने अलराउन्ड प्रदर्शन गरिन् । उनले मिडफिल्डमा राम्रो साथ पाउन नसक्दा हामीले सोचेजस्तो खेल्न सकेनौं ।’

पहिलो खेलबाट सुरुवाती रोजाइमा फिलिप्सले ३ खेलाडी परिवर्तन गरेका थिए । पहिलो खेलमा भन्दा नेपाली टोली केहि थकित पनि देखिन्थ्यो । फिटनेसका लागि प्रशिक्षणसँगै खेल पनि त्यत्तिकै हुनुपर्नेमा प्रशिक्षकले जोड दिए । ‘यि खेलाडीले ६ महिनायता प्रतिस्पर्धात्मक खेल खेलेका छैनन्’, उनले भने, ‘फिटनेस प्रशिक्षण र प्रतियोगिताबाट हुने हो । यो दुई खेलले भने टोलीलाई एसियन कप छनोट खेल्न निकै सहज हुनेछ ।’

गत फागुनमा राष्ट्रिय लिगमा खेलेयता झण्डै दुई महिना अघिबाट महिला टोलीको प्रशिक्षण सुरु भएको थियो । कप्तान रेनुकाले भने केहि पुराना खेलाडी टोलीमा नहुनु र नयाँ टोलीसँगको तालमेल मिलिनसकेकाले खेल सोचे अनुरुप नभएको बताइन् । ‘कतिपय खेलाडी जिल्लाको टोलीबाट खेलेर राष्ट्रिय टोलीमा आएका छन् । त्यसैले सबैको खेलका बारेमा हामी पनि जानकार छैनौं’, उनले भनिन्, ‘भविष्यमा टोली राम्रो हुन्छ । तर अहिले भने खेल्न केहि गाह्रो भएको छ ।’

नेपाल र बंगलादेशको महिला टोलीबीच आइतबारको आठौं भेट हो भने दोस्रो बराबरी । अन्य ६ खेलमा नेपाली टोली विजयी भएको थियो ।
बंगलादेशका प्रशिक्षक गोलाम रोब्बानी छोटोले भने नेपालसँगको बराबरीबाट खुसी थिए । ‘नेपाल बलियो टोली हो । आज हाम्रो खेलाडीले राम्रो प्रदर्शन गरे,’ उनले भने, ‘जोर्डनसँग अर्को साता खेल्नु अघि हामीलाई यो खेलले मनोबल बढाउनेछ ।’

नेपाली टोली सोमबार उज्वेकिस्तान प्रस्थान गर्ने कार्यक्रम रहेको छ । एसियन कप छनोटमा नेपालले फिलिपिन्स र हङकङसँग प्रतिस्पर्धा गर्नेछ । असोज २ गते नेपाली टोलीे फिलिपिन्स र असोज ५ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ । राउन्ड रोविन लिगपछि शीर्ष टोली यसैबर्ष भारतमा हुने एसियन कपका लागि छनोट हुनेछ ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.