default_image

3 years ago

September 13, 2021

सलाहको कीर्तिमानमा लिभरपुलको सहज जित

31 views

0 Bookmark

एजेन्सी – इजिप्टका मोहम्मद सलाहले इंग्लिस प्रिमियर लिगमा १ सय गोल पुरा गरेको खेलमा लिभरपुलले सहज जित हात पारेको छ । लिभरपुलले घरेलु टोली लिड्स युनाइटेडमाथि ३–० को सहज जित निकालेको हो ।

एल्लान रोड वेस्ट योर्कसायर लिड्समा आइतबार राति भएको खेलमा लिभरपुलको सहज जितमा मोहम्मद सलाह, फविन्हो र साडियो मानेले गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल भएको थियो ।

खेलको २०औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । उनले ट्रेन्ट एलेसान्दर अर्नाेल्डको पासमा गोल गरेका थिए । यो गोलसँगै सलाहले इंग्लिस प्रिमियर लिगमा १ सय गोल पुरा गरेका छन् । उनले लिभरपुलबाट ९८ तथा चेल्सीबाट दुई गोल गरेका छन् । यस्तै उनी अफ्रिकी राष्ट्रबाट १ सय गोल पुरा गर्ने दोस्रो खेलाडी बनेका छन् ।

यसअघि आइभोरी कोस्टका डिडिएर ड्रोग्वाले १०४ गोल गरेका छन् । सलाहले प्रिमियर लिगको १६३ खेलमा १ सय गोल र ३६ असिस्ट दिएका छन् । दुई पटक प्रिमियर लिग गोल्डेन बुट, एक प्लेयर अफ दि सिजन अवार्ड र एक प्लेयर अफ दि मन्थ अवार्ड जितेका छन् ।

५०औं मिनेटमा फाविन्होले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । ६०औं मिनेटमा पास्कल स्ट्रजिक सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लिड्स थप समस्यामा पर्दा लिभरपुललाई खेलमा थप सहज बनेको थियो ।

पास्कलले हार्भे इलिओटलाई गम्भीर ट्याकल गरेका थिए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा साडियो मानेले थियागो अलकान्तराको पासमा गोल गर्दै लिभरपुलाई सहज जित दिलाए ।

यो जितसँगै अपराजित रहेको लिभरपुलले शीर्ष दुईमा रहेका म्यानचेस्टर युनाइटेड र चेल्सीसँगको अंक बराबरी गरेको छ । समान ४ खेलबाट समान १० अंक रहेपनि लिभरपुल गोलअन्तरमा तेस्रो स्थानमा रहेको छ । पराजित लिड्स २ अंक जोडेर १७औं स्थानमा रहेको छ ।

May 15, 2024

चन्द्रगढी सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोडचन्द्रगढी भेट्रान्स एफसी बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा झापाको झिलझिले भेट्रान्स एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै चन्द्रगढी अन्तिम चारमा प्रवेश गरेको हो । खेलको आठौँ मिनेटमा झिलझिलेका कुमार जोशीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि चन्द्रगढीले गोल […]

May 15, 2024

एकता स्पोर्टिङ क्लबले मनायो एएफसी ग्रासरुट दिवस

हिमाल खरेल, बिर्तामोडझापाको बिर्तामोडमा रहेको एकता स्पोर्टिङ क्लबले किशोर खेलाडीहरुबीच ११ औं एएफसी ग्रासरुट दिवस मनाएको छ । क्लबले आदर्श मैदान एकेडेमी अफ स्पोर्टसको सहकार्यमा बिर्तामोड २ बेलडाँगीमा रहेको फुटबल टे«निङ सेन्टरमा ग्रासरुट दिवस मनाएको हो ।फुटबलको विकास ग्रासरुटबाट हुन आवश्यक छ भन्ने अवधारणाका साथ क्लबले दिवस मनाएको अध्यक्ष किरण पौडेलले जानकारी दिए । क्लबले […]

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

Success

Thank you for your time.