default_image

3 years ago

September 14, 2021

एभर्टनको पूनरागमन जित

33 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा एभर्टनले पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा एक गोलले पछि परेको अवस्थामा एभर्टनले बर्नलेलाई ३–१ ले पराजित गरेको हो ।

गुडिसन पार्कमा एभर्टनको पूनरागमन जितमा माइकल किन, एन्ड्रोस टाउनसेन्ड र डेमाराई ग्रेले गोल गरे । बर्नलेका बिन मिको गोल सान्त्वना बन्यो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिदा सबै चार गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

५३औं मिनेटमा बिन मिले गोल गर्दै पाहुना टोलीलाई १० को अग्रता दिलाएका थिए । उनले जोहान वर्ग डुगमुडसनको पासमा गोल गरेका थिए ।
एक गोलले पछि परेको एभर्टनले त्यसपछि ६ मिनेटको अन्तरमा तीन गोल गर्दै सानदार पूनरागमन जित निकाल्न सफल भएको हो । ६०औं मिनेटमा माइकल किनले एन्ड्रोस टाउनसेन्डको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

६५औं मिनेटमा एन्ड्रोस टाउनसेन्डले एब्डुलाए डोउकोउरेको पासमा गोल गर्दै एभर्टनलाई २–१ को अग्रता दिलाए । लगत्तै अर्काे मिनेटमा एब्डुलाए डोउकोउरेको पासमा डेमाराई ग्रेले गोल गर्दै एभर्टनको जित पक्का गरे ।

यो जितसँगै अपराजित रहेको एभर्टन ४ खेलबाट १० अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । म्यानचेस्टर युनाइटेड, चेल्सी र लिभरपुलसँग समान १० अंक रहेपनि गोलअन्तरमा पछि छ । पराजित बर्नले १ अंकसहित १८औं स्थानमा छ ।

May 21, 2024

इंग्ल्याण्डको यूरो कपका लागि प्रारम्भिक टोली सार्वजनिक 

एजेन्सी – ग्यारेथ साउथगेटले युरो २०२४ का लागि आफ्नो ३३ खेलाडीको प्रारम्भिक इंग्ल्याण्ड टोली सार्वजनिक गरेका छन् । तीन वर्ष अघि घरेलु भूमिमा फाइनलमा पराजित इंग्ल्याण्ड यस पटक पनि उपाधि दावेदारको रुपमा रहेको छ ।  पछिल्लो केहि वर्षमा टोलीको महत्वपुर्ण खेलाडीका रुपमा रहेका मार्कस रासफोर्ड, जोर्डन हेन्डरसन र रहिम स्टर्लिङ यसपटक भने टोलीमा परेका छैनन् […]

May 21, 2024

रोनाल्डो व्यक्तिगत छैठौँ यूरो कपको प्रारम्भिक टोलीमा 

एजेन्सी – स्टार खेलाडी क्रिस्टियनो रोनाल्डो व्यक्तिगत छैठौँ  युरोपियन च्याम्पियनसिपका लागि पोर्चुगलको प्रारम्भिक टोलीमा परेका छन् । सन् २०१६ को युरोपियन च्याम्पियनसिपमा पोर्चुगलले उपाधि जित्दा नेतृत्व गरेका क्रिस्टियानो रोनाल्डोलाई युरो २०२४ का लागि रोबर्टो मार्टिनेजको २६ सदस्यीय टोलीमा समावेश गरेका हुन् । ३९ वर्षिय रोनाल्डो प्रतियोगितामा १४ गोलसहित कीर्तिमान गोलकर्ता हुन् भने उनले प्रतियोगितामा सबैभन्दा […]

May 21, 2024

समाज कल्याण चौथो स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्र क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ । मंगलवार भएको दिनको दोस्रो खेलमा सानेपा क्लबलाई ४-० ले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । जित हासिल गरेको समाज कल्याणको ९ खेलमा १६ अंक भएको छ । पराजित सानेपाको समान ९ खेलमा ११ अंक […]

Success

Thank you for your time.