default_image

3 years ago

September 14, 2021

म्यानचेस्टर युनाइटेडलाई योङ ब्वाइजको चुनौती

57 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको नयाँ सिजनको समूह चरणको पहिलो राउन्डको खेलमा आज (मंगलबार) राति विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

समूह ‘एफ’ मा स्वीट्जरल्यान्डको योङ ब्वाइजले घरेलु मैदान वान्कडर्फ बर्नमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको आतिथ्यता गर्दैछ । खेल नेपाली समयअनुसार राति १०:३० बजे हुदैछ । घरेलु मैदानमा योङ ब्वाइज म्यानचेस्टर युनाइटेडलाई स्तब्ध पार्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । प्ले अफको यात्राबाट समूह चरणमा स्थान बनाएको टोलीसँग मेस्चाक इलिया, थियोसन जोर्डन सिबाचिउ, निकोलस नागामालेउ, युलिसेस गार्सिया, मोहम्मेद एले कामरा, सिल्भान हेफ्टी र गोलरक्षक डेभिड भोन वाल्मोसको साथ रहेको छ ।

यता, पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको आगमनले उच्च मनोबलमा रहेको म्यानचेस्टर युनाइटेड पनि घरेलु टोलीलाई हराउँदै सुखद नतिजा निकाल्ने लक्ष्यमा हुनेछ । युनाइटेडका लागि रोनाल्डो नै मख्य हतियार हुनेछन् । यसै समरको डेडलाइन डे मा युभेन्ट्सबाट म्यानचेस्टर युनाइटेड आएका रोनाल्डोले डेब्यु खेलमै दुई गोल गरेका थिए ।

जेडान सान्चो, ब्रुनो फर्नान्डेस, मेसान ग्रीनवुड, पल पोग्वा, फ्रेड, लुका सा, ह्यारी मगाएर, राफयल भरान, आरोन वान विशाखा र गोलरक्षक डेभिड डे हेया रहेका छन् । यस्तै जेसे लिङ्गार्ड, एन्थोनी मार्सियाल र डोनी भान डि विक पनि टोलीमा रहेका छन् ।

यि दुई टोली तेस्रोपटक भिड्न लागेका हुन् । यि दुई टोलीले सन् २०१८ मा समूह चरणमै प्रतिस्पर्धा गरेका थिए । दुवै खेलमा युनाइटेडले ३–० र १–० को जित निकालेको थियो । यही समूह ‘एफ’ को अर्काे खेलमा स्पेनिस क्लब भिल्लारियलले इटालियन क्लब एटलान्टासँग घरेलु मैदानमा राति १२ः४५ बजे प्रतिस्पर्धा गर्दैछ ।

May 21, 2024

इंग्ल्याण्डको यूरो कपका लागि प्रारम्भिक टोली सार्वजनिक 

एजेन्सी – ग्यारेथ साउथगेटले युरो २०२४ का लागि आफ्नो ३३ खेलाडीको प्रारम्भिक इंग्ल्याण्ड टोली सार्वजनिक गरेका छन् । तीन वर्ष अघि घरेलु भूमिमा फाइनलमा पराजित इंग्ल्याण्ड यस पटक पनि उपाधि दावेदारको रुपमा रहेको छ ।  पछिल्लो केहि वर्षमा टोलीको महत्वपुर्ण खेलाडीका रुपमा रहेका मार्कस रासफोर्ड, जोर्डन हेन्डरसन र रहिम स्टर्लिङ यसपटक भने टोलीमा परेका छैनन् […]

May 21, 2024

रोनाल्डो व्यक्तिगत छैठौँ यूरो कपको प्रारम्भिक टोलीमा 

एजेन्सी – स्टार खेलाडी क्रिस्टियनो रोनाल्डो व्यक्तिगत छैठौँ  युरोपियन च्याम्पियनसिपका लागि पोर्चुगलको प्रारम्भिक टोलीमा परेका छन् । सन् २०१६ को युरोपियन च्याम्पियनसिपमा पोर्चुगलले उपाधि जित्दा नेतृत्व गरेका क्रिस्टियानो रोनाल्डोलाई युरो २०२४ का लागि रोबर्टो मार्टिनेजको २६ सदस्यीय टोलीमा समावेश गरेका हुन् । ३९ वर्षिय रोनाल्डो प्रतियोगितामा १४ गोलसहित कीर्तिमान गोलकर्ता हुन् भने उनले प्रतियोगितामा सबैभन्दा […]

May 21, 2024

समाज कल्याण चौथो स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्र क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ । मंगलवार भएको दिनको दोस्रो खेलमा सानेपा क्लबलाई ४-० ले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । जित हासिल गरेको समाज कल्याणको ९ खेलमा १६ अंक भएको छ । पराजित सानेपाको समान ९ खेलमा ११ अंक […]

Success

Thank you for your time.