default_image

3 years ago

September 15, 2021

गुरुङ सहारा क्लबको अध्यक्षमा निर्विरोध

विजय नेपाली, पोखरा सुरज गुरुङ (हरिराम) आहा गोल्ड कप आयोजक सहारा क्लब पोखराको अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । पोखरा रंगशालामा बुधबार सम्पन्न क्लबको २३ औं वार्षिकोत्सव तथा १२ औं अधिवेशनले गुरुङलाई निर्विरोध अध्यक्ष चयन गरेको हो । गुरुङसहित १२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा केशबराज बराल, उपाध्यक्षमा चित्रबहादुर पुन, […]

52 views

0 Bookmark

विजय नेपाली, पोखरा

सुरज गुरुङ (हरिराम) आहा गोल्ड कप आयोजक सहारा क्लब पोखराको अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । पोखरा रंगशालामा बुधबार सम्पन्न क्लबको २३ औं वार्षिकोत्सव तथा १२ औं अधिवेशनले गुरुङलाई निर्विरोध अध्यक्ष चयन गरेको हो ।


गुरुङसहित १२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा केशबराज बराल, उपाध्यक्षमा चित्रबहादुर पुन, महासचिवमा रामजी प्रसाद अधिकारी, सचिवमा सुनिल राना मगर, कोषाध्यक्षमा नवराज अधिकारी र सह कोषाध्यक्षमा विनु राना मगर चयन भएका हुन् । यस्तै सदस्यमा रोजिना गुरुङ, .ज्योति केसी, शंकर सुवेदी, अतित गुरुङ, मनमाया तामाङ र मनोज थापा सर्वसम्मत चयन भएका हुन् ।

वार्षिकोत्सव तथा अधिवेशनको उद्घाटन सत्रमा बोल्दै गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङले आहा गोल्डकपमा सहारालाई विदेशी खेलाडी भित्राउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘सहाराले आयोजना गर्ने आहा रारा गोल्डकपमा ४ जना विदेशी खेलाडी आफ्नो टिममा भित्रायो भने २ जनाको खर्च प्रदेश सरकारले दिनेछ । सहाराले राम्रा विदेशी खेलाडी ल्याउनुपर्ने छ’ मन्त्री गुरुङले भने,‘अब सहाराले जस्तो पाए त्यस्तो खेलाडी ल्याएर हुदैँन् ।’

सहारा क्लबले विदेशी डिफेन्स मात्रै ल्याउँदा फाइनलसम्म पुग्न कठिन हुनेगरेको बताउँदै उनले फरवार्ड, मिडफिल्डर र डिफेन्डर भित्र्याउन सुझाव दिए । ‘ विदेशी भनेर अयोग्य खेलाडी ल्याउने होइन् । अब स्तरीय खेलाडी ल्याउनुहोस् । रकम खर्चिलो भएपनि दुई जनाको प्रदेशले व्यहोर्ने छ । स्ट्राइकर, मिडफिल्डर, डिफेन्डरगरी ४ जना ल्याए फाइनलमा सहजै पुग्न सक्छ’ उनको कुराले घरेलु खेलाडीलाई अब्बल बनाउने तर्फभन्दा विदेशीलाई नै प्राथमिकता दिने देखियो ।

युवा र खेलकुदको दुई फरक विषय नभएको बताउँदै मन्त्री गुरुङले प्रदेशका युवाहरुलाई आत्मनिर्भर बनाउने योजना अघि सारेको बताउँदै उनले प्रदेश सरकारले व्याज अनुदानमा १० वर्षका लागि ऋण उपलव्ध गराउन लागिएको बताए । उनले खेलकुदमा लागेको सहारा र अन्य क्लबहरुलाई यसबाट लाभ लिन आग्रह गरे । उनले प्रदेश सरकारले आहा गोल्डकप फुटबल प्रतियोगितालाई प्रदान गर्दै आइरहेको सहयोगलाई निरन्तरता दिने समेत बताए ।

गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज गुरुङले राज्यको ५ प्रतिशत बजेट खेलकुदमा लागानी गर्नुपर्नेमा जोड दिए । उनले खेलकुद मेडल र मनोरञ्जनका लागि मात्र नभई देशकै अर्थतन्त्रको स्रोतको रुपमा समेत विकास हुने हुदाँ खेलकुदमा राज्यको ठुलो लगानी हुन आवस्यक रहेको बताए ।

‘खेलकुदमा लगानी शुन्य जस्तै छ । खेलाडी तथा खेलकर्मीले आफ्नै लगानी गर्न बाध्य भइरहेको अवस्था छ । राज्यले ५ प्रतिशत बजेट खेलकुदलाई छुट्याउनुपर्छ’ उनले भने,‘राज्यको आर्थिक जिवन स्तर उकास्ने भनेकै खेलकुदले हो । हामी अन्तराष्ट्रिय जगतमा प्रतिस्पर्धामा जान सक्ने भनेकै खेलकुदबाट हो । यहाँ प्रचुर सम्भावना छ । अन्तराष्ट्रिय प्रतियोगितामात्र गर्न सक्यौ भनेपनि पर्यटन क्षेत्रलाई समेत फाइदा हुन्छ ।’

गुरुङले सहारा क्लब पोखराले समग्र गण्डकी प्रदेशको फुटबलको साख जोगाउँदै आएको बताए । सहाराले पोखराको दोबिल्लामा अनाथहरुका लागि फुटबल एकेडेमी सञ्चालन गर्दै आएको छ । अनाथहरुका लागि फुटबल प्रशिक्षण, अध्ययनसहितको एकेडेमी सञ्चालन गर्ने सहारा देशकै पहिलो क्लब हो ।

परियारलाई सहारा खेलकुद पत्रकारिका पुरस्कार

यस्तै क्लबले वर्षेनी खेलकुदमा विकासमा कलम चलाउने खेल पत्रकारलाई प्रदान गर्दै आएको सहारा खेल पत्रकारिता पुरस्कारबाट कान्तिपुर राष्ट्रिय दैनिकका संवाददाता दीपक परियार सम्मानित भएका छन् । वर्षेनी प्रदान गर्दै आइरहेको पुरस्कार यो वर्ष परियारलाई प्रदान गरिएको हो । परियारले खेलकुद विकासमा पत्रकारिताको माध्यमबाट योग्दान दिएको भन्दै क्लबले सम्मान गरेको हो । परियारलाई नगद २० हजार ५ सय ५५ रुपैयाँ सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

पोखरा ३२ घर भएका परियार विगत २०६४ साल देखि पत्रकारिता गर्दै आएका छन् । उनले जनदिशा दैनिक, गोर्खापत्र राष्ट्रिय दैनिक, गण्डकी खबर (सम्पादक), समाधान दैनिक, अन्नपूर्ण पोष्ट दैनिक हुदै हाल कान्तिपुर दैनिकमा आबद्ध भएका छन्। प्रतिभा छनौट समितिको अन्य सदस्यहरुमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बहादुर बानिया, क्लवका मानार्थ सदस्य खेमबहादुर गुरुङ, अध्यक्ष केशव बहादुर थापा र महासचिव रामजी प्रसाद अधिकारी रहेका थिए ।

पुरस्कारबाट हालसम्म परियारसहित यस अघि कुलचन्द्र न्यौपाने, धन बस्नेत, विनोद लामिछाने, राम गुरुङ, प्रेमनारायण न्यौपाने, दीननाथ बराल, प्रदिप पौडेल, एकराज गिरी, सागरराज तिमिल्सिना, कृष्णमणि बराल, एमबी आस्था, सुरज श्रेष्ठ, विजय नेपाल, सन्देस श्रेष्ठ, इन्द्र पौडेल सम्मानित भइसकेका छन् ।

यस्तै क्लबको उत्कृष्ट सदस्यबाट रामप्रसाद हिराचन सम्मानित भएका छन् । हिराचनले क्लबसहित सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै सम्मानपत्र सहित उनलाई दोसला ओढाएर सम्मान गरेको हो । मुस्ताङका हिराचन लामो समयदेखि पोखरा ९ मा बस्दै आएका छन् । उनी २०५७ सालदेखि सहारा क्लबमा आबद्ध थिए ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.