default_image

3 years ago

September 19, 2021

जेको चम्कदा इन्टर मिलानको सानदार जित

98 views

0 Bookmark

एजेन्सी – सब्सिच्युट फरवार्ड इडेन जेकोको दुई गोल तथा मिडफिल्डर फेडरिको डिमार्काेको दुई असिस्टमा इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा सानदार जित दर्ता गरेको छ ।

मिलानोमा शनिबार राति भएको खेलमा घरेलु टोली इन्टरले बोलोग्नामाथि ६–१ को फराकिलो जित आत्मसात गरेको हो । लोउटारो मार्टिनेज, मिलान स्क्रिनिएर, निकोलो बरेल्ला र माटिएस भिसिनोले समान एक गोल गरेका बोलोग्नाका अर्थर थिएटले एक गोल फर्काए ।

गोलको वर्षा नै भएको खेलमा घरेलु टोली इन्टरले खेलको छैटौं मिनेटमा लोउटारो मार्टिनेजको गोलबाट अग्रता लिएको थियो । उनले डेन्जल डमफ्रेजको पासमा गोल गरेका थिए । ३०औं मिनेटमा मिलान स्क्रिनिएरले गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे । उनले फेडरिको डिमार्काेको पासमा गोल गरेका थिए ।

३४औं मिनेटमा निकोलो बरेल्लाले गोल गरेपछि इन्टरले पहिलो हाफमा ३–० को आरामदायी अग्रता लिन सफल भयो । डेन्जेल डमफ्रेजले एक डिफेन्डरलाई बिट गर्दै दिएको क्रसलाई डि सिल्भेसट्रीले बचाउने प्रयास गरेपनि नभेट्दा बरेल्लाले सहज फिनिस गरेका थिए ।

५४औं मिनेटमा माटिएस भिसिनाले गोल गर्दै इन्टरलाई सहज जिततर्फ अघि बढाए । उनले फेडरिको डिमार्काेको पासमा गोल गरेका थिए । त्यसपछिको इन्टरको दुवै गोल इडेन जेकोको नाममा रह्यो । २९औं मिनेटमा चोट बोकेका जोआक्विन कोरेआको स्थानमा मैदान छिरेका जेकोले ६३औं मिनेटमा मार्सेलो ब्रोजोभिकको पासमा गोल गर्दै इन्टरलाई ४–० ले अघि बढाए ।

६८औं मिनेटमा अर्काे सब्सिच्युट फरवार्ड एलेक्सिस सान्चेजको पासमा जेकोको व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दै इन्टरलाई फराकिलो जिततर्फ अग्रसर गराए । ८६औं मिनेटमा अर्थर थिएटले बोलोग्नाका लागि सान्त्वना गोल फर्काए ।

जितसँगै अपराजित रहेको इन्टर ४ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेका रोमा, एसी मिलान र नेपोलीको समान ९ अंक छ । चार खेलेको फियोरेन्टिनाको पनि ९ अंक नै छ । पराजित बोलोग्ना ७ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

यस्तै सिरी ‘ए’ को अर्काे खेलमा फियोरेन्टिनाले जिनोआलाई उसकै मैदानमा २–१ ले पराजित गर्दा एटलान्टाले सालेरनिटानालाई १–० ले हराएको छ ।

June 3, 2024

साफ महिला च्याम्पियनसिप नेपालमा हुने

काठमाडौं (हाम्रो खेलकुद) – सातौं संस्करणको साफ महिला च्याम्पियनसिप २०२४ नेपालमा हुने पक्का भएको छ । दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले प्रतियोगिता नेपालमा हुने घोषणा गरेको हो । सोमबार बसेको साफ प्रतियोगिता समितिको बैठकले साफ महिला च्याम्पियनसिप २०२४ को आयोजक नेपाललाई स्वीकृत गरेको हो । प्रतियोगिता अक्टोबर १७ देखि ३० सम्म काठमाडौंको दशरथ रंगशालामा […]

June 2, 2024

विश्वकप छनोटका लागि साउदी जाने टोलीको विदाई

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत आफ्नो अन्तिम दुई खेल खेल्न साउदी अरब प्रस्थान गर्ने नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ सम्पन्न भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच टोलीको विदाई गरेको हो । बिदाइमा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राई सहित सिइओ […]

June 2, 2024

आर्मीका ५ खेलाडी समेट्दै राष्ट्रिय फुटबल टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका पाँच खेलाडी समेट्दै विश्वकप छनोटका अन्तिम दुई खेल खेल्ने नेपाली राष्ट्रिय पुरुष फुटबल टोली घोषणा भएको छ । साउदी अरबमा हुने युएई र यमन विरुद्ध बीचको छनोट खेलमा लागि २३ सदस्यीय फुटबल टोली घोषणा भएको हो । टोलीमा आर्मीका पाँच खेलाडी समेटिएका छन् । नियमित सदस्य भरत खवास, […]

Success

Thank you for your time.