default_image

3 years ago

September 23, 2021

फ्रेन्ड्स क्लबलाई युक्यानको साथ

34 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरको ‘ए’ डिभिजन टोली फ्रेन्ड्स क्लब कुपन्डोलले जर्सी उत्पादक कम्पनी युक्यानको साथ पाएको छ । फ्रेन्ड्स र युक्यानबीच बिहीबार एक वर्षको लागि सम्झौता भएको हो ।

सम्झौतामा फ्रेन्ड्स क्लबका अध्यक्ष दीपक थापा र युक्यान ब्रान्डको आधिकारिक बिक्रेता सिटिएल कम्पनीका निर्देशक राजेन महर्जनले हस्ताक्षर गर्दै आदान–प्रदान गरे ।

सम्झौतापछि फ्रेन्ड्सले नयाँ सिजनमा लगाउने जर्सी पनि सार्वजनिक गरिएको थियो । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष उपेन्द्रमान सिंह, क्लबका अध्यक्ष दीपक थापा, युक्यानका राजेन महर्जन र क्लबका कप्तान प्रकाश बुढाथोकीले जर्सीसार्वजनिक गरेका थिए ।

युक्यानका राजेन महर्जनले फुटबल व्यवसायिक होस् भन्ने चाहनाका साथ फ्रेन्ड्ससँग जोडिएको बताए । ‘यो नयाँ सामग्री हो । हामी पहिलोपटक नै ‘ए’ डिभिजन टोलीसँग जोडिएका छौं । इतिहास बोकेको क्लबलाई नयाँ जर्सी फापोस भन्ने शुभकामना छ ।’ केही नयाँ गरौैं भन्ने सोच हो । सहकार्य बढ्दै जानेछ ।’ सम्झौता पछि महर्जनले भने ।

फ्रेन्ड्स क्लबका अध्यक्ष दीपक थापाले युक्यानको साथले टोलीमा मनोवल थप बढेको र केही दिनमै टिमसँगै मुख्य प्रायोजक र प्रायोजकसँग सम्झौताको कार्यक्रम राखिने बताए । उनले फ्रेन्ड्स अब ५० वर्ष अघिको जस्तै बलियो टोली बन्न र क्लबको स्वर्ण जयन्ती केही खास हुने बताए ।

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले निजी कम्पनी युक्यानसँगै अन्य अन्य कम्पनीहरु फुटबलमा जोडिनु शुभ संकेत रहेको बताए । अध्यक्ष शेर्पाले टोलीलाई सफलताको शुभकामना दिदै कोभिडपछि फुटबल तग्रिने प्रयासमा रहेको बताए । क्लबका निवर्तमान अध्यक्ष राजीव पौडेलले निरन्तर प्रयास गर्दा सफल हुँदै जाने उदाहरण युक्यान फ्रेन्ड्ससँग जोडिनु रहेको बताए ।

यस वर्षको शहिद स्मारक ‘ए’ डिभिजन लिग २९ कात्तिकदेखि शुरु हुदैछ । त्यसका लागि फ्रेन्ड्सले टोली निर्माण गरिरहेको छ । प्रकाश बुढाथोकी लामो समयपछि क्लबमा फर्किएका छन् । सुशील लामा पनि फ्रेन्ड्समा अनुबन्ध भइसकेका छन् । भारतीय आइ लिग खेलेका विदेशी खेलाडी भित्र्याउने तयारी भइरहेको क्लबले जनाएको छ ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.