default_image

3 years ago

September 24, 2021

बार्सिलोना बराबरीमा रोकियो

66 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगामा क्याडिजसँग बराबरीमा रोकिएको छ । १० खेलाडीमा समेटिएको बार्सिलोनाले घरेलु टोली क्याडिजसँग गोलरहित बराबरीमा खेलेको हो ।

खेलको ३०औं मिनेटमा लुक डि जोङले छिटो गरी चलाएको फ्रिकिक पासलाई मेम्फिस डिपाएले प्रहार गरेपनि गोलरक्षक जेरेमिएस लिडेस्माले बचाउँदा बार्सिलोना अग्रता लिनबाट चुक्यो । ४६औं मिनेटमा अल्भारो नेग्रडोको प्रहारलाई बार्सिलोनाका गोलरक्षक मार्क आन्दर टेर स्टेगनले बचाए ।

५२औं मिनेटमा डिपाएको प्रहारमा गोलरक्षक लिडेस्मा नै बाधक बन्दा बार्सिलोनाले खेलमा अग्रता लिन सकेन । ५ मिनेटको अन्तरमा फ्रान्की डि जोङ दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना ६५औं मिनेटमा १० खेलाडी समेटिन पुगेपछि दवावमा आएको थियो ।

७५औं मिनेटमा अलफन्सो स्पिनोको लेफ्ट विङ क्रसमा रुवेन सोब्रिनोको प्रहार क्रस बारमा लागेर बाहिरिदा घरेलु टोली क्याडिज अग्रत लिनबाट चुक्यो । ८१औं मिनेटमा स्पिनोकै पासमा साल्भी सान्चेजको प्रहारलाई गोलरक्षक मार्क आन्दर टेर स्टेगनले विफल पारेपनि नियन्त्रणमा लिन नसकेको बललाई रिवाउन्डमा सोव्रिनोको प्रहारले पोस्टको दिशा लिन नसक्दा बार्सिलोना गोल खानबाट बच्यो ।

इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा साल्भी सान्चेजको प्रहार ब्लक भएपछि काउन्टर अट्याकमा फिलिपे कौटिन्होले दिएको पासमा डिपाएले गोल गर्न नसक्दा बार्सिलोनाले अग्रता लिन सकेन । इन्ज्युरी समयको थप गरिएको सातौं मिनेटमा अल्बर्टाे पेरेआको प्रहारलाई भिक्टर चस्टले विफल पार्दै बार्सिलोनालाई हारबाट जोगाए ।

घरेलु टोली क्याडिजलाई बल पोसेसनमा दवावमा राखेपनि फिनिसिङमा चुुक्दा बार्सिलोना बराबरीमा रोकिन बाध्य बन्यो । बराबरीपछि अपराजित रहेको बार्सिलोनाले शीर्ष चारमा उक्लने मौका गुमाएको छ । बार्सिलोना ५ खेलबाट ९ अंक जोडेर सातौ स्थानमा रहेको छ । क्याडिज ६ अंकसहित १४औं स्थानमा रहेको छ ।

यो नतिजासँगै बार्सिलोनाले क्याडिजलाई तेस्रो खेलमा हराउन सकेको छैन । गत सिजन मात्रै शीर्ष डिभिजनमा बढुवा भएको क्याडिजले बार्सिलोनालाई २–१ ले पराजित गर्दा अर्काे खेलमा १–१ गोलको बराबरी खेलेको थियो ।

अन्य नतिजा
ग्रानडाविरुद्ध रियल सोसिडाड (२–)
ओसासुनाविरुद्ध रियल बेटिस (१–)

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.