default_image

3 years ago

September 28, 2021

पीएसजी र म्यानचेस्टर सिटी भिड्दै

64 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको दोस्रो राउन्डको खेलमा आज (मंगलबार) राति विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुदाँ फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इंग्लिस क्लब म्यानचेस्टर सिटीको आतिथ्यता गर्दैछ ।

खेल पिएसजीको घरेलु मैदान पार्क डे प्रिन्सेसमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । स्टार खेलाडीले भरिएको दुई टोलीबीचको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

पीएसजी समूह चरणमा पहिलो जितको खोजीमा हुनेछ । पीएसजीले पहिलो खेलमा क्लब ब्रुगसँग १–१ गोलको बराबरी खेलेको थियो । टोलीसँग विश्व फुटबलकै उत्कृष्ट फरवार्डत्रय लियोनेल मेस्सी, नेयमार र केलियन एमबाप्पेको साथ रहेको छ ।

चोटका कारण मेस्सीले खेल्ने नखेल्ने तय भइसकेको छैन । उनी पीएसजीको टोलीमा रहेका छन् । चोटका कारण मेस्सीले पछिल्लो दुई खेल गुमाएका थिए । नयाँ सिजनमा गोल गर्न नसकेको मेस्सीले सिटीविरुद्ध खेलेको अवस्थामा गोलको खडेरी तोड्न लक्ष्यमा हुनेछ । प्रतिबन्धका कारण एन्जल डि मारिया टोलीमा हुनेछैनन् ।

यसबाहेक टोलीसँग जुलियन ड्राक्सलर, एन्डर हेरेरा, ड्यानियल लियान्द्रो पारेडेस, इड्रिसा गाना गुआई, डियालो, प्रेसनेल किमपेम्वे, मार्किन्हस, अचरफ हाकिमी र गोलरक्षक केलर नाभास रहेका छन् । युवा गोलरक्षक जियानलुइजी डोन्नररुम्माले पनि खेल्ने सम्भावना रहेको छ ।

यता, म्यानचेस्टर सिटी पनि कागजमा बलियो देखिएको पीएसजीलाई हराउँदै लगातार दोस्रो जितको खोजीमा हुनेछ । सिटीले पहिलो खेलमा आरबी लाइप्जिगलाई ६–३ ले पराजित गरेको थियो ।

टोलीसँग रियाल महारेज, फेरान टोरेस, रहिम स्टर्लिङ, फर्नान्डिन्हो, रोड्री, केभिन डि ब्रुयन, जोओ क्यान्सिलो, जोन स्टोन्स,रुवेन डियास, केल वाल्कर र गोलरक्षक इडर्सन मोराएस रहेका छन् ।

यि दुई टोलीबीचको पछिल्लो चार भेटमा सिटीले पीएसजीसँग हार बेहोरेको छैन । पछिल्लो तीन खेलमा सिटीले जित निकाल्दा त्यो भन्दा अघिको खेल २–२ गोलको बराबरी खेलेको थियो ।

सिटी पीएसजीविरुद्ध अपराजित रहने योजनामा रहँदा पीएसजी सिटीसँगको हारको श्रृंखला तोड्ने लक्ष्यमा हुनेछ ।

यही समूहको अर्काे खेलमा जर्मन क्लब आरबी लाइप्जिगले बेल्जियन टोली क्लब ब्रुगसँग खेल्दैछ । खेल नेपालीसमयअनुसार राति १२ः४५ बजे हुनेछ । दुवै टोली पहिलो जितको खोजीमा हुनेछ ।

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

May 19, 2024

क्लोपको लिभरपुल कार्यकालको सुखद अन्त्य

एजेन्सी – प्रशिक्षक जोर्गेन क्लोपको अन्तिम खेलमा लिभरपुलले सुखद नतिजा प्राप्त गरेको छ । ९ वर्ष पछि लिभरपुलबाट विदा हुन लागेका क्लोपको अन्तिम खेलमा लिभरपुलले वल्भस विरुद्ध २-० को जित दर्ता गरेको हो । लिभरपुलको जितमा एलेक्सिस मक यालिस्टर र ज्यारेल क्वान्साहले १-१ गोल गरे । लिभरपुलले तेस्रो स्थानमा रहँदै लिग सिजनको अन्त्य गरेको छ […]

May 19, 2024

म्यानचेस्टर सिटी लगातार चौथो पटक प्रिमियर लिग च्याम्पियन

एजेन्सी – म्यानचेस्टर सिटी लगातार चौथो पटक इंग्लिश प्रिमियर लिगको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा वेस्ट ह्याम माथि ३-१ को जित निकालेर आर्सनललाई पछि २ अंकले पार्दै सिटीले कीर्तिमानी लिग उपाधि जितेको हो । इंग्लिश फुटबल इतिहासमा कुनै पनि टिमले लगातार चार पटक लिग उपाधि जितेको यो पहिलो पटक हो । यसअघि हडर्सफिल्ड […]

Success

Thank you for your time.