default_image

9 years ago

November 12, 2016

विश्वकप छनोटमा जर्मनीको ८ गोल, पहिलो खेलमै ग्नाब्रीको ह्याट्रिक

159 views

0 Bookmark

सान मारिनो (एजेन्सी) – बिश्व कप छनोट चरणको खेलमा जर्मनिले सान मारिनोलाई ८–० ले जित्दै ४ खेलमा शत प्रतिशत नतिजा निकाल्न सफल भएको छ ।

gnabry

सामि खदिरको गोल बाट सुरुवाती ७ मिनेटमा अग्रता लिएको जर्मनिले २ मिनेटपछी पहिलो खेल खेलेका सर्जि ग्नाब्रीको गोलमा जर्मनिले आफ्नो अग्रता दोब्बर गरेको थियो । आर्सनल बाट आफुलाई स्थापित गर्न नसकेपछी यही सिजन न्युन सुल्कमा वेरडर ब्रेमन गएका २१ बर्षिय विङरको राम्रो फर्म अन्तर्राष्ट्रिय खेलमा पनि जारी रह्यो । त्यस्तै पहिलो हाल्फमा जोनास हेक्टरले गोल गर्दै जर्मनिले ३-० को सहज स्कोर बनायो ।

दोस्रो हाल्फमा ग्नाब्रीले थप दुइ गर्दै आफ्नो ह्याट्रीक पुरा गरे । दोस्रो हाल्फमा जोनास हेक्टर, केभिन भोलान्ड र माटिया स्टेफान्लिको आत्मघाती गोलले गर्दा जर्मनी ८-० को जित रच्दै ४ खेलमा १२ अंक बटुल्न सफल भयो । समुहमा लगातार ४ खेल हारेको सान मरिनो भने अन्तिम स्थानमा छ ।

त्यस्तै समुहको अन्य खेलमा चेक रिपब्लिकले नर्वेलाई २-१ ले हरायो भने नर्सर्द आयरल्याण्डले आजर्बैजानलाई ४-० ले पछी पार्यो ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.