default_image

9 years ago

November 12, 2016

लाओसविरुद्ध गोल गर्ने विशाल पहिलो खेलाडी

160 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)

नेपाली राष्ट्रिय फुटबल टोलीले झन्डै ६ महिनापछि लाओससँग प्रतिस्पर्धा गर्दैछ । जेठ १६ गतेको मैत्रीपूर्ण खेलपछि यी दुई टोली आज मलेसियाको कुचिङमा जारी एएफसी सोलिडारिटी कपको पहिलो सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

crest

नेपाल र लाओसबीच त्यति बेलाको मैत्रीपूर्ण खेल १–१ का बराबरीमा टुंगिएको थियो । त्यो नेपाल र लाओसबीचको पहिलो अन्तर्राष्ट्रिय खेल थियो । मैत्रीपूर्ण खेलका लागि त्यतिबेला नेपालले लाओसकै भ्रमण गरेको थियो । तर, त्यति बेला नेपालका लागि गोल गर्ने विशाल राई भने सेमिफाइनल खेल्नेमा शंका छ । उनको गोलमा नेपालले लाओसविरुद्ध अग्रता लिएको थियो ।bishal-rai

यद्दपी नेपालले त्यो अग्रता जोगाउन सकेन र खेल बराबरीमा टुंगियो । लाओसविरुद्ध सुखद अनुभव बटुलेका झापा ११ का विशाललाई भने यसपटक चोटले खेल्ने अनुमति दिएन । घुँडाको चोट गम्भिर नभएपनि नेपाली टोलीका ग्याटुको कोजीले जोखिम उठाउन चाहेनन् । अन्यथा विशाल पहिलो रोजाइका खेलाडी रहँदै आएका थिए । यसपटक भने अघिल्ला दुई खेलमा पनि उनको खेल्न हेर्न सकिएन ।

पहिलो खेलमा चोटका कारण उनी पहिलो रोजाइमा परेरन भने दोस्रोमा प्रशिक्षक कोजीले जोखिम उठाउँन चाहेनन् । आज दिउँसो नेपाल समय अनुसार दिउँसो २ः१५ मा सुरु हुने खेलमा पनि उनी पहिलो रोजाइमा पर्ने सम्भावना कम छ । खेलको परिस्थिति र आवश्यकताका अनुसार कोजीले विशाललाई खेलाउने पनि सक्छन्, कारण उनी लाओसविरुद्ध गोल गर्ने अनुभव भएका एकमात्र खेलाडी हुन् ।

लाओसविरुद्ध दोस्रो गोल गर्ने खेलाडी बन्ने अवसर भने नेपाली खेलाडी फेरी एकपटक पाएका छन् ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.