9 years ago
November 12, 2016
दिपेन्द्र पोखरेल /हाम्रो खेलकुद
काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगरले हिजो आफ्नो फेसबुक फ्यान पेजमा लेखे,‘ भोली सेमिफाइनल खेल्दैछौं । तपाईहरुको साथ र शुभकामनाको अपेक्षा गर्दछौं ।’ फुटबल प्रतियोगिता नेपालीको क्रेज देखेर र नेपाली टोलीलाई समर्थकले गर्ने मायाकै आधारमा उनले यस्तो अपेक्षा गरेको हुनुपर्छ ।

उनको त्यो स्ट्याटसमा लाइक गर्ने हजारौंको संख्यामा छन् भने सयौंले शुभकामना दिएका छन् । मलेसियामा जारी सोलिडारिटी कपको सेमिफाइनलमा अब केही समयपछि नेपाली टोलीले लाओसको सामना गर्दैछ । लाओससँग नेपालले खेल्न लागेको यो दोस्रो पटक हो ।
तर, विमल भने पहिलो पटक लाओसविरुद्ध उत्रदैछन् । यसअघि नेपालले लाओससँग खेलिरहँदा विमल भने निकै पीडामा थिए । जेठ १६ गते नेपाल र लाओसबीचको खेल लाओसमा भइरहेको थियो भने, विमल नेपालमै थिए । उनी घरमै रहनु परेको कारण थियो, बहिनी मनिषाको रहस्यमय मृत्यु । जेठ १२ गते उनी बहिनीको मृत्यु भएको थियो । विमल घुँडाको चोटको उपचारका लागि बेल्जियम पुगेका बेला यता बहिनीको मृत्यु भएको थियो । त्यसपछि उनी तत्काल नेपाल फर्केका थिए । त्यसयता विमल लामो समय मैदान बाहिर रहे ।
तर, आफ्नी आमाको हौसला र दर्शकको मायाले आफु पुनः फुटबलमा फर्कन सफल भएको उल्लेख गर्दै विमलले समर्थकहरुलाई खुसी पारे । फागुनमा दक्षिण एसियाली खेलकुद (साग) यू २३ मा च्याम्पि
यन बनेदेखि नेपालका लागि खेलेको यो पहिलो पटक हो । यसबीचमा बंगलादेशसँग तय भएको मैत्रीपूर्ण खेलका लागि पनि उनी उपलब्ध थिएनन् । तर, यसपटक उनको साथ नेपाली टोलीले पाएको छ । रुस्लान थ्री स्टारले भारतमो गुहावटीमा भाग लिएको नकआउट फुटबल प्रतियोगितामार्फत विमलले फुटबलमा कमब्याक गरेका थिए । २० बर्षका विमलले शोकलाई शक्तिमा बदलेका छन् ।
ब्रुनाईविरुद्धको समूह चरणको खेलमा ३–० ले जित्दा विमलले पेनाल्टीमार्फत अन्तिम गोल गरेका थिए । त्यो गोलपछि उनले नवयुग श्रेष्ठ र अनन्त तामाङसँग गरेको सेलिब्रेसनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । ब्रुनाईसँगको जितपछि उनले फेसबुकमा स्ट्याटस लेखेका थिए, ‘ आजको गोल बहिनी मनिषालाई र जित नेपाली समर्थकहरुलाई समर्पण गर्न चाहन्ुछ ।’ गत बर्ष आफ्नो कप्तानीमा नेपालीलाई साफ यू १९ च्याम्पियनसिप जिताएका विमललाई सोलिडारिटी कप देशका लागि कति महत्वपूर्ण छ भन्ने राम्रो बुझेका छन् । पारिवारिक शोक, शरीरको चोट सबैलाई विर्सेर अघि बढेका विमलले राष्ट्रिय टोलीका लागि ४ गोल गरिसकेको छन् । यो उनको चम्किलो खेलजीवनको सुरुआत मात्रै हो, नेपाली समर्थकले उनीबाट भविष्यमा अझै बढी गोल र उच्च प्रदर्शनको अपेक्षा गरेका छन् ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]