default_image

3 years ago

October 10, 2021

हाजार्ड र लुकाकु बेल्जियमको टोलीबाट बाहिर

97 views

0 Bookmark

एजेन्सी – कप्तान इडेन हाजार्ड र रोमेलु लुकाकु बेल्जियमको राष्ट्रिय टोलीबाट बाहिरिएका छन् । युइएफए नेसन्स लिग अन्तरगतको सेमिफाइनलमा फ्रान्सविरुद्धको खेलमा चोट बोक्न पुगेपछि मुख्य खेलाडीद्धय हाजार्ड र लुकाकु राष्ट्रिय टोलीबाट बाहिरिएका हुन् ।

यससँगै हाजार्ड र लुकाकुले इटालीविरुद्ध तेस्रो स्थानको लागि आइतबार साँझ हुने खेल गुमाउनेछन् । खेल राति ६ः४५ बने इटालीमा हुनेछ । उपाधिका लागि आइतबार राति नै स्पेन र फ्रान्सबीच प्रतिस्पर्धा हुदैछ ।

इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब रियल म्याड्रिडका स्टार खेलाडीसम्मिलित बेल्जियम सेमिफाइनलमा दुई गोलको अग्रता जोगाउन नसक्दा फ्रान्ससँग ३–२ ले पराजित हुदै फाइनल पुग्नबाट वञ्चित बनेको थियो ।

बेल्जियमका प्रशिक्षक रोबर्टाे मार्टिनेजले लुकाकु र हाजार्डले चोट बोकेको र फिटनेसका कारण पनि उनीहरु टोलीमा नरहने पुष्टि गरेका छन् ।

‘उनीहरु खेल्नको लागि राम्रो अवस्थामा छैनन् । चोटका कारण नै उनीहरु राष्ट्रिय टोलीबाट बाहिरिएका छन् ।’ मार्टिनेजले भने, ‘उनीहरुलाई निको हुन कति समय लाग्नेछ, मलाई थाहा छैन । यो थकान हो । लुकाकुले खेल्न सक्ने अवस्था छैन । उनको मांशपेशीमा पनि समस्या छ । हाजार्डले चोट बोक्दै बाहिरिएको तपाईहरुलाई थाहा नै छ ।’ उनको चोटबारे हाम्रो मेडिकल स्टाफले निगरानी गरिरहेको र हामी आफ्नो खेलाडीको राम्रो भन्दा पनि राम्रो चाहने प्रशिक्षक मार्टिनेजले बताए ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.