default_image

3 years ago

October 11, 2021

ब्राजिल कोलम्वियासँग रोकियो

34 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलको जित यात्रामा पुर्णविराम लागेको छ । छनोटमा कोलम्वियासँग गोलरहित बराबरी खेलेपछि ब्राजिलको जित यात्रामा पुर्णविराम लागेको हो ।

यद्दपि ब्राजिल छनोटमा अपराजित रहन सफल भएको छ । यसअघि ब्राजिलले लगातार नवौं खेलसम्म जित निकाल्न सफल भएको थियो ।कोलम्वियामा सोमबार बिहान भएको खेलमा ब्राजिलले घरेलु टोलीलाई दवावमा राखेपनि फिनिसिङमा चुक्दा बराबरीमा रोकिदै अंक बाड्न बाध्य बन्यो ।

खेलको चौथो मिनेटमा नै कोलम्वियाका क्विनटेरोको पासमा यारी मिनाको हेडरले पोस्टको दिशा लिन सकेन । १४औं मिनेटमा नेयमारको पासमा लुकास पाक्वेटाको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा ब्राजिल अग्रता लिनबाट चुक्यो ।

६७औं मिनेटमा क्विनटेरोको २५ यार्ड टाढाको प्रहारलाई ब्राजिलका गोलरक्षक एलिसन बेकरले डाइभिङ दिदै बचाए । ७६औं मिनेटमा राफिन्हाको १८ यार्ड टाढाको कर्लिङ सटलाई कोलम्वियाका गोलरक्षक डेभिड ओस्पिनाले डाइभ दिदै बचाउँदा ब्राजिलले खेलमा अग्रता लिन सकेन ।

८६औं मिनेटमा राफिन्हाकै पासमा एन्थोनीले ६ यार्डबाट अवसर पाएपनि उनको प्रयासलाई ओस्पिनाले बचाउँदै ब्राजिललाई निराश पारिदिए । त्यसपछि खेलमा गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो । यो बराबरीपछि ब्राजिल १० खेलबाट २८ अंक जोडेर शीर्षस्थानमा रहेको छ । कोलम्विया १५ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

अर्का खेलमा भेनेजुएलाले इक्वेडरमाथि २–१ को पूनरागमन जित निकालेको छ । भेनेजुएलाको जितमा डार्विन माचिस र इडुआर्ड बेलोले गोल गर्दा इक्वेडरका इनर भ्यालेन्सियाको गोल सान्त्वना बन्यो । यो जितसँगै भेनेजुएला ११ खेलबाट ७ अंक जोडेर पुछारमा यथावत रहेको छ । इक्वेडर १६ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ ।

अर्काे खेलमा १० खेलाडीमा समेटिएको बोलिभियाले पेरुलाई १–० ले पराजित गरेको छ । बोलिभियाको जितमा रामिरो भाकाले ८३औं मिनेटमा विजयी गोल गरे । ७६औं मिनेटमा हेनरी भाका सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बोलिभिया १० खेलाडीमा समेटिएको थियो ।

यो जितसँगै बोलिभिया ११ खेलबाट ९ अंक जोडेर आठौं स्थानमा रहेको छ । पराजित पेरु ११ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.