default_image

3 years ago

October 15, 2021

अन्जन भन्छन् – ‘फाइनल खेल्न नपाउँदा दुखि छु’

81 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्टले साफ च्याम्पियनसिप अन्तर्गत भारतविरुद्ध हुने फाइनल खेल गुमाउनेछन् । आफू उपस्थित नभएपनि आफ्ना सहकर्मीले मिहिनेत गरेर नेपाललाई फाइनल जिताउने उनले बताएका छन् ।

अन्जनले शुक्रबार सामाजिक संजालमा लेख्दै भारतविरुद्ध खेलपछि दर्शकबाट आफूलाई गद्दारको संज्ञा दिँदै आएको गालीप्रति दुख समेत व्यक्त गरेका छन् । उनले आफू सधैं नेपालको लागि शत प्रतिशत मिहिनेत गर्ने बताउँदै फाइनलमा आफू नभएपनि टोलीका अन्य खेलाडीले मिहिनेत गरेर टोलीलाई जिताउने बताए ।

अन्जनले सामाजिक संजालमा लेखेका छन्, ‘मैले राष्ट्रिय टोलीका लागि डेब्यु गरेको दिनदेखि नै आफ्नो देशको लागि सबथोक दिँदै शत प्रतिशत प्रतिवद्ध भएर लागेको छु । भारतविरुद्ध खेलपछि मैले धेरै गालीको संदेश पाएँ, केहीले मलाई देशको गद्दार समेत भने । मैले समर्थकबाट यस्तो अपेक्षा गरेको थिइनँ । तर मैले अझै बलियो बनेर अघि बढ्न सिकेको छु । टोली समस्यामा हुँदा यस्तो संदेश दिने असली समर्थक होइनन् । यदि तपाईंले कठिन मोडमा टोलीलाई साथ दिन सक्नुहुन्न भने तपाईं जितको बेलामा पनि साथ दिन लायक हुनुहुन्न ।’

‘हारको बेलामा खेलाडीले गाली खाएको यो पहिलो अवसर होइन । म सबैलाई यस्तो गलत कार्य नगर्न आग्रह गर्दछु । हामी हरेक खेल गर्वका साथ खेल्छौं र आफू व्यक्तिगत रुपमा नभएर देशको लागि खेल्छौं । देश नेपाल जसको सुर्य र चन्द्रले हामी वीर नेपालीको शालीनता र स्वच्छ भावना दर्शाउँछ । हामी गोर्खाली हौं र हामी तपाईंको साथ र सहयोगले अझ बलियो बन्छौं, न की तपाईंको खराब शब्दले ।’

‘म व्यक्तिगत रुपमा फाइनल खेल्न नपाउँदा एकदम दुखि छु । मैले मैदानमा रहँदा सधैं शत प्रतिशत मिहिनेत गरेको छु । म आफू त मैदानमा हुन्न तर मलाई थाहा छ मेरो सहकर्मीहरुले सबथोक दिनेछन् । यहाँबाट अघि बढौं । टोलीका लागि सधैं साथ छु । अब यो अन्तिम खेलका लागि एकसाथ बढौं ।’

बुधबार भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशविरुद्ध बराबरी गोल फर्काउँदै नेपाललाई फाइनल पुर्याउन नायक बनेका अन्जनले खेलमा पहेंलो कार्ड पाएका थिए । जारी प्रतियोगितामा अन्जनको यो दोस्रो पहेंलो कार्ड भएका कारण उनले अर्को खेल गुमाउने भएका हुन् । अब नेपालको लागि अर्को खेल फाइनल भएकाले नै उनी उपस्थित नहुने भएका हुन् ।

अन्जनले यसअघि भारतविरुद्ध खेलको अन्तिम समयमा पहेंलो कार्ड पाएका थिए । बंगलादेशविरुद्ध उनले खेलको ४४ औं मिनेटमा कार्ड पाएका थिए । क्रसमा आएको बललाई हातले हान्न खोजेपछि रेफ्रीले उनलाई पहेंलो कार्ड दिएका थिए । खेलको ८६ औं मिनेटमा अन्जनलाई नै पेनाल्टी क्षेत्रभित्र लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । त्यसै पेनाल्टीलाई गोलमा परिणत गर्दै उनले फाइनल यात्रा पक्का गरेका थिए ।

अन्जन पछिल्लो समय नेपाली टोलीको मुख्य खेलाडीका रुपमा अघि आएका छन् । अलमुताइरीको आगमनसँगै उनले थप आक्रामक भूमिका निर्वाह गर्दै आएका छन् । जारी प्रतियोगितामा पनि अन्जनले नेपालका लागि सर्वाधिक २ गोल गरेका छन् । श्रीलंकाविरुद्ध ३-२ को जितमा पनि उनले गोल गरेका थिए ।

अन्जनले हालसम्म राष्ट्रिय टोलीका लागि ७ गोल गरेका छन् । उनले अलमुताइरी आएपछि मात्र १० खेलमा ५ गोल गरिसकेका छन् । अन्जनको अनुपस्थितिले फाइनलमा नेपाललाई पक्कै घाटा पुग्नेछ ।

अन्जनले गत साता श्रीलंकाविरुद्ध जितपछि बोल्दै उनले प्रशिक्षकको विश्वासका लागि धन्यवाद व्यक्त गरेका थिए । ‘म सबै खेलाडी सहकर्मी, प्रशिक्षक र समर्थकलाई धन्यवाद दिन चाहन्छु । मुख्य कुरा प्रशिक्षकले मलाई विश्वास गर्नुभएकोमा आभारी छु । प्रशिक्षकले भन्नुभएको जस्तै प्रतियोगिता अझै बाँकी छ । हामी अन्त्यसम्म पनि लड्नेछौं,’ उनले भनेका थिए ।

नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलको कीर्तिमान १३ गोल छ । हरि खड्का र निराजन रायमाझीको नाममा रहेको यो कीर्तिमान तोड्न कसैले सकेको छैन । उक्त कीर्तिमान तोड्न सक्नेबारे के लाग्छ भन्ने प्रश्नमा अन्जनले आफू सक्दो मिहिनेत गर्ने बताएका थिए ।

‘कीर्तिमान राख्ने सपना त भइहाल्छ । अहिलेसम्म पनि १३ गोलमा नै अड्किएको छ । मुख्य कुरा भनेको हाम्रो नेपालमा फरवार्डले मात्र गोल हान्नुपर्छ भन्ने सोच छ । तर अहिले प्रशिक्षकले जसले पनि गोल हान्न सक्छ भन्ने विश्वास गर्नुभएको छ,’ उनले थपे, ‘आज पनि मिडफिल्डरले गोल हानेको छ । मेरो पनि चाहना छ कि त्यो रेकर्ड तोड्ने । अझै मिहिनेत गर्नेछु र आशा गरौं त्यो रेकर्ड तोड्न सक्नेछु ।’

यो पनि पढ्नुहोस् : सफल अलमुताइरी : नेपाललाई साफ खेलाउने १२औं प्रशिक्षक

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.