default_image

3 years ago

October 16, 2021

साफको व्यक्तिगत अवार्डमा सुनिलको वर्चस्व

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२१ को व्यक्तिगत विधाको अवार्डमा भारतका कप्तान सुनिल क्षेत्रीले वर्चस्व जमाएका छन् । भारतलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका सुनिलले फाइनलको म्यान अफ द म्याचसहित प्रतियोगिताको दुई मुख्य अवार्ड पनि हात पारे । प्रतियोगिता अवधिभर ५ गोल गर्दै सुनिल सर्वाधिक गोलकर्ता बने । त्यस्तै टोलीको उपाधि जितमा निर्णायक बनेका […]

77 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२१ को व्यक्तिगत विधाको अवार्डमा भारतका कप्तान सुनिल क्षेत्रीले वर्चस्व जमाएका छन् । भारतलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका सुनिलले फाइनलको म्यान अफ द म्याचसहित प्रतियोगिताको दुई मुख्य अवार्ड पनि हात पारे ।

प्रतियोगिता अवधिभर ५ गोल गर्दै सुनिल सर्वाधिक गोलकर्ता बने । त्यस्तै टोलीको उपाधि जितमा निर्णायक बनेका उनले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि पनि हात पारे । प्रतियोगिताको फेयर प्ले अवार्ड भने आयोजक माल्दिभ्सले पायो ।

फाइनलमा नेपालमाथि ३-० को जितमा सुनिलकै गोलमा भारतले अग्रता लिएको थियो । त्यसअघि लिग चरणमा नेपालविरुद्ध जितमा समेत निर्णायक गोल गरेका सुनिल भारतीय आक्रमणमा मुख्य खेलाडी थिए ।

सुनिलले प्रतियोगितामा ५ खेलमा ५ गोल गरे । पहिलो खेलमा बंगलादेशविरुद्ध १-१ को बराबरीमा सुरुवाती अग्रता दिलाएका उनले नेपालविरुद्ध जितमा एकमात्र गोल गरेका थिए । माल्दिभ्सविरुद्ध ३-१ को जितमा दुई गोल गरेका सुनिलले फाइनलमा पनि सुरुवाती अग्रता दिलाएका थिए ।

सुनिलले यससँगै आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या ८० पुर्याएका छन् । उनले समग्रमा नेपालविरुद्ध १२ औं खेलमा ८ गोल गरे । सुनिलले साफ च्याम्पियनसिपमा मात्र आफ्नो गोलसंख्या १८ पुर्याएका छन् । उनी सन् २०११ को साफ च्याम्पियनसिपमा पनि ७ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका थिए ।

यो पनि : नेपाल फाइनलमा भारतसँग पराजित

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.