default_image

3 years ago

October 17, 2021

फाइनलपछि अलमुताइरीले भने – ‘नेपाल मेरो मुटुमा छ’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिप २०२१ को फाइनलपछि आफूलाई भविष्यबारे निर्णय लिन केहि समय चाहिने बताएका छन् । उनले फाइनलपछि नेपाल सधैं आफ्नो मुटुमा रहने बताउँदै हाललाई विश्रामको आवश्यकता रहेको बताएका हुन् । फाइनलमा भारतविरुद्ध ३-० को हार बेहोर्दै नेपाल साफ च्याम्पियनसिपको उपविजेता बनेको थियो । पहिलो […]

140 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिप २०२१ को फाइनलपछि आफूलाई भविष्यबारे निर्णय लिन केहि समय चाहिने बताएका छन् । उनले फाइनलपछि नेपाल सधैं आफ्नो मुटुमा रहने बताउँदै हाललाई विश्रामको आवश्यकता रहेको बताएका हुन् ।

फाइनलमा भारतविरुद्ध ३-० को हार बेहोर्दै नेपाल साफ च्याम्पियनसिपको उपविजेता बनेको थियो । पहिलो पटक फाइनल पुगेको नेपालसँग आफ्नो भविष्यबारे अलमुताइरी प्रष्ट हुन चाहेनन् । ‘अहिले नै केही भन्न सक्ने अवस्था छैन । अब मलाई विश्रामको खाँचो छ । म पछिल्लो ६ महिना लगातार काम गर्दै आएको छु । मलाई १-२ साता विश्राम लिएर मात्र नेपालसँग मेरो भविष्यबारे सोच्नेछु,’ उनले भने ।

नेपालबाट पाएको साथ छोड्न भने सहज नरहेको प्रतिक्रिया अलमुताइरीले दिए । ‘मैले नेपालबाट धेरै माया पाएको छु । म मेरो टिमका खेलाडी, सबै अफिसियल सहकर्मी, समर्थक, मेरो परिवार सबैलाई धेरै माया गर्छु । मेरो अन्तिम साससम्म पनि म नेपाललाई माया गरिरहनेछु । मलाई नेपाली समर्थकले सधैं माया गर्नुभएको छ । हो नेपालमा मलाई मन नपराउने पनि छन्, तर त्यसो भन्दा सबै नराम्रो होइन । मुख्य कुरा मैले नेपाली समर्थकबाट पाएको माया हो । यसलाई छोड्न सहज छैन,’ उनले भने ।

‘मलाई कसैले साथ नदिँदा नेपालले साथ दियो । म नेपालका सबैलाई धन्यवाद दिन चाहन्छु । म फाइनल पुगेर माफी माग्न भने चाहन्न । आज हामी हार्यौं, किनभने हामीसँग फाइनल खेल्ने अनुभव नै थिएन । जब फाइनलमा एक मिनेटको अन्तरमा दुई गोल खाएको अवस्था हुन्छ, त्यो निकै कठिन हुन्छ । त्यसपछि हामीले दुई डिफेन्डरले निकालेर आक्रामक पनि खेल्यौं । सायद आज वर्षाका कारण मैदान चिप्लो नभएको भए रोहितको गोल पनि हुन्थ्यो होला,’ उनले थपे ।

प्रशिक्षक अलमुताइरीले नेपाली समर्थकलाई टोलीलाई निरन्तर साथ दिन आग्रह गर्दै टोलीको स्वागतमा विमानस्थल आउन आग्रह गरे । ‘यो मेरो सबै नेपाली समर्थकका लागि विशेष आग्रह हो, जब राष्ट्रिय टोली नेपाल फर्कन्छ । सबै जना विमानस्थल आएर सम्मान गर्नुपर्छ । यदि यसै स्तरमा निरन्तर खेलिरहने हो भने खेलाडीलाई साथ र समर्थन गर्नुपर्छ । प्रशिक्षक, संघ र सरकारबारे सोच्ने होइन, टोलीलाई साथ दिनेबारे सोच्नुहोस्,’ उनले भने ।

‘कसैले पनि टोलीको लागि राम्रो र नराम्रो बोल्नुअघि तपाईंले टोलीको प्रदर्शन देखेर गर्व लाग्यो कि लागे सोध्न चाहन्छु । म पहिलो पटक नेपाल आएर बोल्दा धेरैले म पहिलो पटक राष्ट्रिय टोलीको जिम्मेवारी लिएँ सोच्दै फरक सोचेका थिए होला । तर हाम्रो टोलीले निरन्तर मिहिनेत गरेर यहाँ आइपुगेका छौं,’ उनले थपे ।

आफ्नो रणनीतिबारे प्रश्न उठेकोबारे पनि अलमुताइरीले प्रष्ट पारे । ‘भारतविरुद्ध लिग चरणको खेलमा हाम्रो रणनीतिबारे धेरैले प्रश्न गरेको देखें । तर खेल हाम्रो योजना अनुसारनै अघि बढेको थियो । हामीले भारतलाई अन्तिम १० मिनेटमा आक्रमण गर्ने योजना बनाएका थियौं र त्यसैअनुसार अघि बढेका पनि थियौं । आज मात्र फाइनल खेलपछि भारतका कप्तान सुनिलले मलाई भेटेर खेलको प्रशंसा गरे । जब अरुले हाम्रो खेलको प्रशंसा गर्छन्, त्यो हाम्रो लागि राम्रो हो,’ उनले सुनाए ।

पत्रकार सम्मेलनमा आफ्नो फरक प्रस्तुतिबारे अलमुताइरीले टोलीको लागि नै आफूले फरक रुपमा प्रस्तुत भएको बताए । ‘म एक पिता हुँ, एक दाजु-भाइ हुँ र एक प्रशिक्षक हुँ । मैले पत्रकार सम्मेलनमा कहिलेकाहीँ खेलाडीबाट ध्यान अन्यत्र जावोस् भनेर बोल्छु । श्रीलंकाविरुद्ध खेलमा मैले रातो कार्ड खान्छ भनेर बोलें, त्यसले गर्दा हामीले सहज रुपमा खेल्न पायौं । मैले खेलाडी र मिडियाको बीचमा रोक लगाएँ, यो खेलाडीलाई बचाउनको लागि हो । खेलाडीलाई असर पर्ने नकारात्मक समाचार नजावोस् भन्ने मेरो इच्छा हो,’ उनले भने ।

नेपालसँगको आफ्नो सम्बन्ध जिन्दगीभर रहने बताउँदै अलमुताइरीले आफ्नो नाम बनाउन टोलीको महत्त्वपूर्ण भूमिका रहेको बताए । ‘मेरो पनि मुटु छ र मेरो मुटुमा नेपाल छ । त्यो नाम कसैले हटाउन सक्दैन । नेपाल, कुवेत र कतार मेरो मुटुमा छ । म नेपालमा रहेपनि नरेपानी सधैं रहन्छ । मलाई कसैले नदिएको माया नेपालले दिएको छ,’ उनले थपे, ‘नेपालले मेरो नाम बनाएको छ । मैले टिम मात्र बनाएको होइन, मलाई नेपालले बनाएको छ । तपाईंलाई लाग्छ नेपाल सानो देश हो, नेपाल धेरै ठूलो देश हो । हामीले नेपालको महत्त्व बुझ्न सकेको छैनौं । यदि सबैले माया गर्ने हो भने नेपाल विश्वकै उत्कृष्ट टिम बन्न सक्छ ।’

भिडियो हेर्नुहोस :

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

May 1, 2024

आयोजक र काठमाडौं गोदावरी मेयर कपको क्वार्टरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – आयोजक गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरीमा अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ५–३ ले हराउँदै गोदावरी बि अन्तिम आठमा पुगेको हो । अर्को खलमा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–२ […]

Success

Thank you for your time.