default_image

3 years ago

October 18, 2021

बार्सिलोनाको जित

236 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाले आइतबार ला लिगामा जित हासिल गरेको छ । खेलको सुरुवातमै पछि परेको बार्सिलोनाले घरेलु मैदानमा भ्यालेन्सियालाई ३–१ ले हरायो । आन्सु फाती, मेम्फिस डिपाए र फिलिपे कोउटिन्होको गोलमा बार्सिलाना विजयी भएको हो ।

जोसे गायाले पाँचौं मिनेटमा गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाएका थिए भने फातीले बराबरी गोल फर्काएका थिए । डिपाएले पेनाल्टीमा गोल गरे भने काउटिनोले गोल गरे अन्त्य तिर गोल गर्दै दबाबमा रहेको बार्सिलोनालाई जित दिलाए ।

भ्यालेन्सियाले पाँचौं मिनेटमै अग्रता बनाएको थियो । तर, चोटमुत्त भएर फर्केपछि पहिलो पटक सुरुवाती ११ मा परेका १८ वर्षे फातीले डिपाएसँगको वान टु पाससँगै १३ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । त्यसपछि बार्सिलोनाले खेलमा दबाब बढाइराख्यो । जसमा फातीको भूमिका महत्वपूर्ण रह्यो । मध्यान्तरअघि नै डिपाएको पेनाल्टी गोलमा बार्सिलोनाले अग्रता लिएको थियो ।

भ्यालेन्सियाले दोस्रो हाफको सुरुवातमा बराबरी गोलको अवसर पाएपनि सफल हुन सकेन । खेल सकिन ५ मिनेट बाँकी रहँदा फिलिपे कोउटिन्होले गोल गरेपछि बार्सिलोनाले ला लिगामा चौथो जित निकालेको थियो । १५ अंकका साथ बार्सिलोना अंक तालिकाको सातौं स्थानमा उक्लेको छ । भ्यालेन्सिया नवौं स्थानमा छ । सोसिडाड २० अंकसहित शीर्ष स्थानमा छ । सोही खेलमा सर्जियो अगुएरोले बार्सिलोनाबाट डेब्यू गरेका थिए ।

May 16, 2024

सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबलका सर्वोत्कृष्ट गोलकर्ता स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सुनिलले सामाजिक सञ्जालमा एक भिडियो मार्फत १९ वर्ष लामो अन्तराष्ट्रिय करियरमा बिट लगाउने घोषणा गरेका हुन् । सुनिलले आउँदो जुन ६ मा कुवेत विरुद्ध कोलकत्तामा हुने विश्वकप छनोट अन्तर्गतको घरेलु खेल उनको अन्तिम खेल हुने बताएका […]

May 16, 2024

युभेन्ट्सलाई कोपा इटालिया उपाधि

एजेन्सी – युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ । तीन वर्ष पछि पहिलो ठूलो उपाधि जित्ने क्रममा युभेन्टसले एटलान्टालाई बुधबार १–० ले हराएको हो । रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको गोलमा युभेन्ट्स च्यम्पियन बन्यो । एन्ड्रिया क्याम्बि–यासोको पासमा भ्लाभिकले गोल गरेका हुन् । युभेन्ट्सले कीर्तिमानी १५ औं पटक कोपा जितेको हो […]

May 16, 2024

म्यानचेस्टर युनाइटेडलाई सफलता

एजेन्सी – म्यानचेस्टर युनाइटेड बुधबार इंग्लिस प्रिमियर लिगमा विजयी भएको छ । युनाइटेडले न्युक्यासललाई ३ –२ ले हराएको हो । म्यानचेस्टर युनाइटेडको जितका लागि कोबी माइनो, अमद डेल्लो र रसमस हजलण्डले समान १ गोलल गरे । न्युक्यासलका एन्टोनी गोर्डन र लेविस हलले गोल गरे । माइनोको गोलमा युनाइटेडले ३१ औं मिनेटमा अग्रता लियो । गोर्डनले […]

Success

Thank you for your time.