default_image

3 years ago

October 25, 2021

सुआरेज दुई गोलमा एट्लेटिको हारबाट जोगियो

54 views

0 Bookmark

एजेन्सी – दुई गोलले पछि परेको अवस्थामा उरुग्वेली फरवार्ड लुइस सुआरेजले दुई गोल गरेपछि एट्लेटिको म्याड्रिड हारबाट जोगिएको छ । घरेलु मैदानमा एट्लेटिकोले रियल सोसिडाडसँग २–२ गोलको बराबरी खेलेको हो ।

वान्डा मेट्रोपोलिटानोमा आइतबार राति भएको खेलमा घरेलु टोली खेलको सातौ मिनेटमा नै पछि परेको थियो । एलेक्सान्डर सोर्लाेथले एलेक्सान्डर इसाकको पासमा रियल सोसिडाडका लागि गोल गरेका थिए ।

४८औं मिनेटमा एलेक्सान्डर इसाकले गोल गर्दै रियल सोसिडाडको अग्रता दोब्बर पारे । दुई गोलले पछि परेपनि एट्लेटिकोले उत्कृष्ट प्रदर्शन गर्दै खेललाई बराबरीमा ल्याउन सफल भए । ६१औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्कने संकेत दिए । उनले जोआओ फेलिक्सको पासमा गोल गरेका थिए ।

७७औं मिनेटमा सुआरेजले पेनाल्टीमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । मेरिनोले पेनाल्टी बक्समा सुआरेजलाई फल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै एट्लेटिकोलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा सुआरेज चुकेनन् । यो बराबरीपछि रियल सोसिडाड १० खेलबाट २१ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । एट्लेटिको १८ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

अर्काे खेलमा सेभियाले लेभान्टेलाई ५–३ ले पराजित गर्दै तेस्रो स्थानमा उक्लन सफल भएको छ । सेभियाको जितमा ओलिभर टोरेस, राफा मिर, डिएगो कार्लाेस, मुनिर इल हाड्डाडी र फर्नान्डोले गोल गरे । लेभान्टेका जोस लुइस मार्लेसले दुइ तथा गोन्जालो मेलेरोले गोल गरेपनि हार टार्न सकेन ।

सेभियाको ९ खेलबाट २० अंक छ । समान २० अंक नै रहेपनि रियल म्याड्रिड गोलअन्तरमा दोस्रो स्थानमा रहेको छ । पराजित लेभान्टे ५ अंक जोडेर १९औं स्थानमा रहेको छ ।

May 8, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२:४५ बजे सुरु हुनेछ । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन […]

May 8, 2024

पिएसजीलाई हराउँदै बोरुसिया डर्टमुण्ड च्याम्पियन्स लिग फाइनलमा

एजेन्सी – फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै जर्मन क्लब बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । पिएसजी माथि दोस्रो लेगमा १-० सहित समग्रमा २-० को जित हासिल गर्दै डर्टमुण्ड ११ वर्ष पछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको दोस्रो लेगमा डर्टमुण्डका लागि […]

May 7, 2024

दशरथ रंगशालाको अवस्था बारे खेलकुद मन्त्री श्रेष्ठको चासो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने खतरा बढेपछि युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले त्यसमा चासो देखाएका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको निरीक्षणपछि दशरथ रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको छ । त्यसकारण जेठ २४ गते नेपाल र […]

Success

Thank you for your time.