default_image

3 years ago

October 28, 2021

म्यानचेस्टर सिटी लिग कपबाट बाहिरियो

एजेन्सी – साविकको विजेता म्यानचेस्टर सिटी इंग्लिस फुटबल लिग कप (कारवाओ) कपको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ ।लगातार चार पटकको च्याम्पियन म्यानचेस्टर सिटी प्रिमियर लिग क्लब वेस्ट ह्याम युनाइटेडसँग पेनाल्टी सुटआउटमा ५–३ ले पराजित हुदै अन्तिम १६ बाटै बाहिरिएको हो । वेस्टह्यामको मैदानमा बुधबार राति भएको खेलको निर्धारित समय र अतिरिक्त समयमा कुनै गोल निस्कन नसकेपछि खेल […]

69 views

0 Bookmark

एजेन्सी – साविकको विजेता म्यानचेस्टर सिटी इंग्लिस फुटबल लिग कप (कारवाओ) कपको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ ।लगातार चार पटकको च्याम्पियन म्यानचेस्टर सिटी प्रिमियर लिग क्लब वेस्ट ह्याम युनाइटेडसँग पेनाल्टी सुटआउटमा ५–३ ले पराजित हुदै अन्तिम १६ बाटै बाहिरिएको हो ।

वेस्टह्यामको मैदानमा बुधबार राति भएको खेलको निर्धारित समय र अतिरिक्त समयमा कुनै गोल निस्कन नसकेपछि खेल पेनाल्टीमा धकेलिएको थियो । जसमा घरेलु टोलीले बाजी मारेको छ । पेनाल्टीमा घरेलु टोलीका सबै पाँच खेलाडीले गोल गर्न सफल भए ।

मार्क नोव्ले, जरोड वोवेन, क्रेइग डावसन, आरोन क्रेसवेल र सेड बेनरहमाले गोल गरे । सिटीको पहिलो पेनाल्टी नै चुकेको थियो । फिल फोडेनले गोल गर्न सकेनन् । जोओ क्यान्सेलो, गाब्रियल जेसस र ज्याक ग्रेलिसले गोल गर्न सफल भएपनि हार टार्न सकेन ।

अर्काे खेलमा टोटेनहम हटस्परले बर्नलेलाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ । लुकास मोउराले ६८औं मिनेटमा गरेको गोल नै टोटेनहमलाई अन्तिम आठमा पुग्न पर्याप्त बन्यो ।

अर्काे खेलमा प्रिमियर लिग क्लब ब्रेन्टफर्डले च्याम्पियनसिप क्लब स्टोक सिटीलाई २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ । ब्रेन्टफर्डको जितमा सेर्गी कानोस र इभान टोनीले गोल गरे । स्टोकका रोमाइनी सयर्सले एक गोल फर्काए ।

यो सँगै कारवाओ कपको क्वाटरफाइन समिकरण पुरा भएको छ । आर्सनल, चेल्सी, सन्डरल्यान्ड, लेस्टर, लिभरपुल, टोटेनहम, ब्रेन्टफर्ड र वेस्टह्यामले अन्तिम आठमा स्थान बनाएका छन् । क्वाटरफाइनल ‘ड्र’ आइतबार हुनेछ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.