default_image

3 years ago

October 29, 2021

सेर्जी बार्सिलोनाको अन्तरिम प्रशिक्षक

100 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले सेर्जी बार्जुआनलाई अन्तरिम प्रशिक्षकमा नियुक्त गरेको छ । मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको एक दिनपछि बार्सिलोनाले बिहीबार बार्सिलोनाकै ‘बी’ टिमको मुख्य प्रशिक्षक रहेका सेर्जीलाई अन्तरिम प्रशिक्षकमा नियुक्त गरेको हो ।

४९ वर्षीय प्रशिक्षक सेर्जीको नेतृत्वमा टोलीले प्रशिक्षण सुरु गरिसकेको समेत बार्सिलोनाले जनाएको छ । लगातारको खराव प्रदर्शन तथा बुधबार राति रायो भालेकानोसँग १–० ले पराजित भएपछि बार्सिलोनाले डच प्रशिक्षक कोम्यानलाई बर्खास्त गरेको थियो ।

उनी १४ महिना पछि नै बर्खास्तीमा परेका थिए । ५८ वर्षीय कोम्यान २०२० को अगस्टमा बार्सिलोनाका मुख्य प्रशिक्षक चयन भएका थिए। ला लिगामा बार्सिलोना १० खेलबाट १५ अंक जोडेर नवौं स्थानमा रहेको छ । बार्सिलोना शीर्षस्थानको रियल सोसिडाडभन्दा ९ अंकले पछि छ ।

बार्सिलोनाले मुख्य प्रशिक्षक नियुक्त नगरेसम्म उनले नै टोलीको प्रशिक्षण सम्हाल्नेछन् । बार्सिलोनाले क्लबका पुर्व खेलाडी जाभी हर्नान्डेजलाई मुख्य प्रशिक्षक बनाउने तयारी गरिरहेको छ । बार्सिलोनाले कतारी क्लब अल साद र जाभीसँग कुराकानी गरिरहेको छ । सेर्जीको नेतृत्वमा बार्सिलोनाले शनिबार घरेलु मैदानमा एलाभेससँग खेल्नेछ ।

सेर्जीले बार्सिलोनामा खेलाडीको रुपमा ३८६ खेल खेल्दा विभिन्न ९ उपाधि जितेका छन् । सेर्जी गत समरमा बार्सिलोनाको ‘बी’ टोलीको मुख्य प्रशिक्षक बनेका थिए । उनको प्रशिक्षणमा बार्सिलोनाको ‘बी’ टोली तीन जित, चार बराबरी र २ हारसहित १ अंक जोडेर ११औं स्थानमा रहेको छ ।

May 20, 2024

सोर्लाेथको चार गोलमा रियल म्याड्रिड रोकियो

एजेन्सी – नर्वेली फरवार्ड अलेक्जेन्डर सोर्लाेथले ह्याट्रिकसहित चार गोल गरेपछि भिल्लारियलले यो सिजनको ला लिगाको च्याम्पियन बनिसकेको रियल म्याड्रिड बराबरीमा रोक्न सफल भएको छ । खेलमा आरामदायी अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा र सोर्लाेथ एक्लैले चार गोल गरेपछि रियल म्याड्रिड घरेलु टोली भिल्लारियलसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । गोलको वर्षा भएको खेलमा रियलका अर्दा […]

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

May 19, 2024

क्लोपको लिभरपुल कार्यकालको सुखद अन्त्य

एजेन्सी – प्रशिक्षक जोर्गेन क्लोपको अन्तिम खेलमा लिभरपुलले सुखद नतिजा प्राप्त गरेको छ । ९ वर्ष पछि लिभरपुलबाट विदा हुन लागेका क्लोपको अन्तिम खेलमा लिभरपुलले वल्भस विरुद्ध २-० को जित दर्ता गरेको हो । लिभरपुलको जितमा एलेक्सिस मक यालिस्टर र ज्यारेल क्वान्साहले १-१ गोल गरे । लिभरपुलले तेस्रो स्थानमा रहँदै लिग सिजनको अन्त्य गरेको छ […]

Success

Thank you for your time.