default_image

3 years ago

October 31, 2021

युनाइटेडको जितमा रोनाल्डोको प्रभाव

65 views

0 Bookmark

एजेन्सी – क्रिस्टियानो रोनाल्डोले प्रभावशाली प्रदर्शन गरेको प्रिमियर लिगको शनिबारको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । अघिल्लो चार खेलमा जित विहिन रहेको युनाइटेडले टोटेनहमलाई ३–० ले हराएको छ ।

युनाटेडको सुरुवाती दुवै गोलमा रोनाल्डोको भूमिका रह्यो । पहिलो गोल रोनाल्डो आफैले गरे भने भने इन्डिसन काभानीको गोलका लागि पास मिलाइदिएका थिए । अर्को गोल मार्कोस रासफोर्डले गरेका थिए । लिगका अघिल्ला चार खेलमा गोल विहिन रहेका रोनाल्डोले ३९ औं मिनेटमा गोल गरेका थिए । ब्रुनो फर्नान्डेजको पासमा शक्तिशाली प्रहारमार्फत गोल गरेका थिए ।

६४ औं मिनेटमा काभानीले गोल गरेका थिए । फर्नान्डेजको पासलाई रोनाल्डोले चखालीपूर्ण तरिकाले अघि बढाएपछि काभानीले गोल गरेका थिए । जिततर्फ अघि बढेको युनाइटेडका लागि खेल सकिन ४ मिनेट बाँकी रहँदा रासफोर्डले गोल गर्दै टोलीको जितअन्तरलाई फराकिलो बनाए ।

जितपछि १७ अंक पुगेको युनाइटेड अंक तालिकाको पाँचौं स्थानमा उक्लेको छ । टोटेनहम १५ अंकसहित आठौं स्थानमा छ । शनिबार अर्को खेलमा म्यानचेस्टर सिटी क्रिस्टिल प्यालेससँग २–० ले स्तब्ध भयो । अर्को खेलमा लिभरपुल भने ब्राइटन एण्ड होभ अल्बाइनसँग २–२ को बराबरीमा रोकियो । शीर्षस्थानको चेल्सीले न्युक्यासललाई ३–० ले र आर्सनलले लेस्टरलाई २–० ले हरायो ।

May 13, 2024

क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइजले एएफसी प्रतियोगिता खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइज युनाइटेडले एएफसि प्रतियोगिता खेल्न बाटो खुलेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार घोषणा गरेसँगै गत सिजनको लिग विजेता चर्च ब्वाइजले महादेशीय प्रतियोगिता खेल्न योग्य भएको हो । एन्फाले सोमबार सार्वजनिक गरेअनुसार चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी फुटबल क्लबले आवश्यक मापदण्ड पूरा […]

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

May 12, 2024

आर्सनल पुनः प्रिमियर लिगको शीर्षस्थानमा

एजेन्सी – म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुनः उक्लिएको छ । युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा आर्सनलले १-० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिन सफल भएको हो । आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले २०औं मिनेटमा खेलको एकमात्र गोल गरे । काई हाभेर्ट्जको पासमा ट्रोसार्डले बक्स भित्रबाट गोल गरेका थिए । सोही […]

Success

Thank you for your time.