default_image

3 years ago

November 1, 2021

मिलानले रोमालाई हरायो

36 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा एसी मिलानले रोमालाई पराजित गरेको छ । १० खेलाडीमा समेटिएको मिलानले घरेलु टोली रोमामाथि २–१ को जित हात पारेको हो ।

रोमामा आइतबार राति भएको खेलमा मिलानको जितमा ज्लाटन इब्राहिमोभिच र फ्रान्क केस्सीले गोल गरे । घरेलु टोलीका स्टेफन अल सरावेले एक गोल फर्काए ।

खेलको २६औं मिनेटमा ज्लाटन इब्राहिमोभिचको गोलबाट मिलानले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो । ५०औं मिनेटमा ज्लाटनले गोल गरेपनि भिएआरबाट उनको गोलले मान्यता पाएन । ५७औं मिनेटमा फ्रान्क केस्सीले पेनाल्टीमा गोल गर्दै मिलानको अग्रता दोब्बर पारे ।

मिलान ६६औं मिनेटमा १० खेलाडीमा समेटिन पुग्यो । थियो हर्नान्डेज दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए । त्यसबेलासम्म मिलानले २–० को अग्रता लिइसकेको थियो । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा स्टेफन अल सरावेले गोल गरेपनि घरेलु टोलीको हार टार्न सकेन ।

जितपछि मिलान ११ खेलबाट ३१ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । समान ३१ अंक नै रहेपनि नेपोली शीर्षस्थानमा रहेको छ । पराजित रोमा १९ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.