default_image

3 years ago

November 3, 2021

लिभरपुल र एट्लेटिको म्याड्रिड भिड्दै

42 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको चौथो राउन्डको आज (बुधबार) राति इंग्लिस क्लब लिभरपुलले घरेलु मैदानमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडको आतिथ्यता गर्दैछ ।

खेल एनफिल्डमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । अपराजित रहेको लिभरपुल समूहमा लगातार चौथो जित निकाल्दै च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनल पुग्ने लक्ष्यमा हुनेछ । लिभरपुल ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।

टोलीसँग साडियो माने, मोहम्मद सलाह, डिएगो जोटा, रोबर्टाे फिर्मिनो, कर्टिस जोन्स, जोर्डन हेन्डरसन, एलेक्स अक्सलेड चेम्वरलेन, एन्ड्रिउ रोबर्टसन, भर्जिल भान डाइक, जोएल मटिप, एलेक्सान्डर अर्नाेल्ड र गोलरक्षक एलिसन बेकर रहेका छन् । यस्तै नावी केइटा र इब्राहिमा कोनेट पनि टोलीमा रहेका छन् ।

यता, एट्लेटिको म्याड्रिड पनि घरेलु टोली लिभरपुलाई हराउँदै नकआउट चरण पुग्ने सम्भावना जीवितै राख्न चहान्छ । एट्लेटिको ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । समान ४ अंक नै रहेपनि एफसी पोर्टाे तेस्रो स्थानमा रहेको छ । मिलान अंकविहीन हुदै पुछारमा छ ।

एट्लेटिकोसँग लुइस सुआरेज, जोआओ फेलिक्स, एन्जल कोरेआ, यान्निक कारास्को, कोकी, रोड्रिगो डि पउल, काइरन ट्रिपिएर, हर्माेसो, जिमिनेज, फिलिपे र गोलरक्षक जान ओब्लाक रहेका छन् । एन्टोइन ग्रिजमन र स्टेफन साभिक प्रतिबन्धका कारण टोलीमा हुनेछैनन् । हेक्टर हेरेरा, म्याथिअस कुन्हा र रेनान लोडी पनि टोलीमा रहेका छन् ।

पछिल्लो १९ खेलमा अपराजित रहँदा लिभरपुलले घरेलु मैदानमा १६ खेलमा हार बेहोरेको छैन । यि दुई टोलीले च्याम्पियन्स लिगमै चार पटक भिडेका छन् । जसमा एट्लेटिकोले दुई खेलमा जित निकालेको छ । १ खेल लिभरपुलले आफ्नो पक्षमा पारेको छ । एक खेल बराबरीमा सकिदा एट्लेटिकोले पेनाल्टीमा जित निकालेको छ । पछिल्लोपटक लिभरपुलले एट्लेटिकोलाई उसकै मैदानमा ३–२ ले पराजित गरेको थियो ।

यही समूह ‘बी’ को खेलमा इटालियन क्लब एसी मिलानले पोर्चुगिज क्लब एफसी पोर्टाेसँग राति ११ः३० बजे प्रतिस्पर्धा गर्दैछ । मिलान पहिलो जितको खोजीमा रहँदा पोर्टाे घरेलु टोलीलाई हराउँदै नकआउट चरण पुग्ने सम्भावना जीवितै राख्ने लक्ष्यमा मैदानमा उत्रनेछ ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.