default_image

3 years ago

November 4, 2021

विश्वास सर्वाेत्कृष्ट, आशिष सर्वाधिक गोलकर्ता

25 views

0 Bookmark

बेलबारी (हाम्रो खेलकुद) – च्याम्पियन हिमालयन शेर्पा क्लबका फरवार्ड विश्वास श्रेष्ठ चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् ।

शेर्पालाई बेलबारी गोल्डकपको च्याम्पियन बनाउने क्रममा विश्वासले महत्वपुर्ण प्रदर्शन गरेका थिए । उनले ३१ हजार रुपैयाँ र ट्रफी पाएका छन् । यस्तै राष्ट्रिय टोलीका सदस्य तथा नेपाल एपिएफ क्लबका फरवार्ड आशिष लामा प्रतियोगिताको सर्वाधिक गोलकर्ता बनेका छन् । उनले २१ हजार रुपैयाँ र ट्रफी हात पारे ।

आयोजक डागिहाट युथ क्लबका रोहन कार्की उदियमान खेलाडी घोषित भए । उनले ११ हजार रुपैयाँ हात पारे । व्यक्तिगत विधातर्फ च्याम्पियन शेर्पाकै खेलाडीले वर्चश्व जमाएका छन् । शेर्पाका किशोर गिरी उत्कृष्ट गोलरक्षक, शेर्पाकै एन्जल गुरुङ उत्कृष्ट डिफेन्डर चुनिए ।

शेर्पाका फरवार्ड मुटुम्बा उत्कृष्ट फरवार्ड तथा शेर्पाका युगल किशोर राई उत्कृष्ट प्रशिक्षक चुनिए । एपिएफका नवीन लामा उत्कृष्ट मिडफिल्डर चुनिए । उदियमानसँगै व्यत्तिगतका उत्कृष्टहरुले समान ११–११ हजार रुपैयाँ हात पारे ।

बुधबार हिमालय शेर्पाले विभागीय नेपाल एपिएफ क्लबलाई ३–१ ले हराउँदै उपाधि जितेको छ । उपाधिसँगै शेर्पाले ५ लाख रुपैयाँ हात पारेको छ । दोस्रो भएको एपिएफले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ । विजयी टोली तथा खेलाडीलाई प्रदेश १ का आन्तरिक कानुनमन्त्री केदार कार्की लगायतले पुरस्कृत गरे ।

११ कात्तिकबाट सुरु भएको प्रतियोगितामा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । टुबोर्ग प्रायोजक रहेको प्रतियोगिताको मुख्य सहयोगीमा बेलबारी नगरपालिका, सह प्रायोजकमा लक्ष्मी सामुदायिक वन, बेलबारी नगरपालिकाका सबै वडा, सहयोगीमा मल्टीमिशन ट्रेनिङ सेन्टर धरान तथा प्राविधिक सहयोग मोरङ जिल्ला फुटबल संघ रहेको थियो ।

विधातर्फ उत्कृष्ट

सर्वाेत्कृष्ट खेलाडी – विश्वास श्रेष्ठ (शेर्पा)

उदियमान खेलाडी – रोहन कार्की (डागिहाट युथ क्लब)

सर्वाधिक गोलकर्ता – आशिष लामा (एपिएफ)

गोलरक्षक – किशोर गिरी (शेर्पा)

डिफेन्स – एन्जल गुरुङ (शेर्पा)

मिडफिल्डर – नवीन लामा (एपिएफ)

फरवार्ड – मुटुम्बा (शेर्पा)

प्रशिक्षक – युगल किशोर राई (शेर्पा)

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.