default_image

3 years ago

November 11, 2021

फिफा विश्वकप छनोट – पोर्चुगल, स्पेन र जर्मनीले प्रतिस्पर्धा गर्दै

71 views

0 Bookmark

एजेन्सी – अर्काे वर्ष एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा आज (बिहीबार) राति विभिन्न चार समूहको १० खेलमा प्रतिस्पर्धा हुदैछ ।

पोर्चुगल, स्पेन, जर्मनी, क्रोएसिया र स्वीडेनले आ–आफ्नो प्रतिद्धन्द्धीसँग खेल्दैछ । समूह ‘ए’ मा रहेको पोर्चुगलले आयरल्यान्डसँग उसैको मैदानमा नेपाली समयअनुसार राति १ः३० बजे प्रतिस्पर्धा गर्दैछ । ६ खेलबाट १६ अंक जोडेर दोस्रो स्थानमा रहेको पोर्चुगल आयरल्यान्डलाई हराउँदै शीर्षस्थानमा उक्लने लक्ष्यमा हुनेछ । आयरल्यान्ड ५ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

यही समूहमा अजरवैजान र लक्जेमवर्गबीच राति १०ः४५ बजे प्रतिस्पर्धा हुदैछ । शीर्षस्थानको सर्वियाको १७ अंक छ । सर्विया र अजरवैजानले समान ७ खेल खेलेका छन् । अन्य तीन टोलीले ६ खेल खेलेका छन् ।

समूह ‘बी’ मा स्पेनले ग्रीससँग राति १ः३० बजे उसैको मैदानमा खेल्दैछ । ६ खेलबाट १३ अंक बटुलेको स्पेन दोस्रो स्थानमा छ । ग्रीस ९ अंक जोडेर तेस्रो स्थानमा छ । सोही समूहमा शीर्षस्थानमा रहेको स्वीडेनले जर्जियासँग राति १०ः४५ बजे प्रतिस्पर्धा गर्दैछ । स्वीडेन १५ अंक जोडेर शीर्षस्थानामा छ । जर्जिया ४ अंक जोडेर चौथो स्थानमा छ ।

समूह ‘जे’ मा जर्मनीले लिचेस्टाइनसँग घरेलु मैदानमा खेल्नेछ । यो खेल राति १ः३० बजे हुनेछ । यही समूहमा अर्मेनिया र नर्थ म्यासेडोनियाबीच राति १०ः४५ बजे रोमानियाविरुद्ध आइसल्यान्ड राति १ः३० बजे खेल हुनेछ ।

जर्मनी २१ अंकसहित समूहको शीर्ष स्थानमा छ । लिचेस्टाइन १ अंक जोडेर पुछारमा छ । रोमानियाको १३ तथा नर्थ म्यासेडोनिया र अर्मेनियाको समान १२ अंक छ । आइसल्यान्डको ८ अंक छ ।

समूह ‘एच’ मा साविकको उपविजेता क्रोएसियाले माल्टासँग राति १ः३० बजे खेल्दैछ । सोही समयमा स्लोभाकियाविरुद्ध स्लोभेनियाबीच प्रतिस्पर्धा हुनेछ । त्यसअघि रसिया र साइप्रसबीच राति १०ः४५ बजे खेल हुनेछ ।

यो समूहमा रसिया १९ अंक जोडेर शीर्षस्थानमा रहँदा क्रोएसिया १७ अंक जोडेर दोस्रो स्थानमा छ । स्लोभाकिया र स्लोभेनियाको समान १० तथा माल्टा र साइप्रसको समान ५ अंक छ ।

अन्य खेल

समूह ‘ए’ – अजरवैजानविरुद्ध लक्जेमवर्ग (राति १०ः४५ बजे) र आयरल्यान्डविरुद्ध पोर्चुगल (राति १ः३० बजे)

समूह ‘बी’ – जर्जियाविरुद्ध स्वीडेन (राति १०ः४५ बजे) र ग्रीसविरुद्ध स्पेन (राति १ः३० बजे)

समूह ‘एच’ – रसियाविरुद्ध साइप्रस (राति १०ः४५ बजे), माल्टाविरुद्ध क्रोएसिया (राति १ः३० बजे) र स्लोभाकियाविरुद्ध स्लोभेनिया (राति १ः३० बजे)

समूह ‘जे’ – अर्मेनियाविरुद्ध नर्थ म्यासेडोनिया (राति १०ः४५ बजे), जर्मनीविरुद्ध लिचेस्टाइन (राति १ः३० बजे) र रोमानियाविरुद्ध आइसल्यान्ड (राति १ः३० बजे)

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.