default_image

2 years ago

November 11, 2021

जापान र कोरिया विजयी, अष्ट्रेलिया रोकियो

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को एसियाली छनोटमा जापान र दक्षिण कोरियाले जित निकाल्दा अष्ट्रेलिया बराबरीमा रोकिएको छ । समूह ‘बी’ को खेलमा जापानले भियतनाममाथि उसकै मैदानमा १–० को झिनो जित निकालेको हो । जापानको जितमा १७औं मिनेटमा जुन्या इटोले गरेको गोल नै निर्णायक बन्यो । जितपछि जापानले विश्वकपमा छनोट हुने सम्भावना जीवितै राखेको […]

38 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को एसियाली छनोटमा जापान र दक्षिण कोरियाले जित निकाल्दा अष्ट्रेलिया बराबरीमा रोकिएको छ ।

समूह ‘बी’ को खेलमा जापानले भियतनाममाथि उसकै मैदानमा १–० को झिनो जित निकालेको हो । जापानको जितमा १७औं मिनेटमा जुन्या इटोले गरेको गोल नै निर्णायक बन्यो ।

जितपछि जापानले विश्वकपमा छनोट हुने सम्भावना जीवितै राखेको छ । जापान ५ खेलबाट ९ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पराजित भियतनाम अंकविहीन हुँदै पुछारमा छ । यो समूहमा ओमानको ६ तथा चीनको ३ अंक छ ।

शीर्षस्थानको साउदी अरेबियाको १३ तथा अष्ट्रेलियाको १० अंक छ । यि दुई टोलीले बिहीबार गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

समूह ‘ए’ को खेलमा दक्षिण कोरियाले संयुक्त अरब इमिरेट्स (युएईं) लाई १–० ले हराएको छ । ३६औं मिनेटमा हि चान ह्वाङले पेनाल्टीमार्फत गरेको गोल नै कोरियाको जितमा निर्णायक बन्यो ।

यही समूहको अर्काे खेलमा इरानले लेवनानमाथि २–१ को पूनरागमन जित निकालेको छ । इरानको जितमा सरदार एजमोउन र अहमद नोउरोलाहीले गोल गरे । घरेलु टोली लेवनानका सोनी सादको गोल सान्त्वना बन्यो ।

यो नतिजापछि इरान ५ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । लेवनान ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । दक्षिण कोरिया ११ अंक जोडेर दोस्रो स्थानमा रहँदा पराजित युएईं ३ अंक जोडेर चौथो स्थानमा रहेको छ । एक खेल कम खेलेको इराकको ३ तथा सिरियाको १ अंक छ ।

May 2, 2024

पिएसजी विरुद्ध पहिलो लेगमा डर्टमुण्डलाई अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमीफाइनल अन्तर्गत पहिलो लेगको समाप्तिमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता बनाएको छ । घरेलु मैदानमा भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मान माथि १-० को जित दर्ता गरेको हो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा एकमात्र गोल गरे । डिफेन्स लाइन बार निको श्लोटरबेकले […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

May 1, 2024

आयोजक र काठमाडौं गोदावरी मेयर कपको क्वार्टरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – आयोजक गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरीमा अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ५–३ ले हराउँदै गोदावरी बि अन्तिम आठमा पुगेको हो । अर्को खलमा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–२ […]

Success

Thank you for your time.