default_image

2 years ago

November 13, 2021

इटाली जितबाट वञ्चित

एजेन्सी – इन्ज्युरी समयमा जर्गिन्हो पेनाल्टीमा चुक्दा विश्वकप छनोटमा इटाली जितबाट वञ्चित बनेको छ । घरेलु मैदानमा इटाली र स्वीट्जरल्यान्डले १–१ गोलको बराबरी खेलेको हो । रोमामा शुक्रबार राति भएको खेलमा घरेलु टोली खेलको ११औं मिनेटमा पछि परेको थियो । सिल्भान विडमेरले नोआ ओकाफोरको पासमा गोल गरेका थिए । ३६औं मिनेटमा जियोभान्नी डि लोरेन्जोले बराबरीमा […]

72 views

0 Bookmark

एजेन्सी – इन्ज्युरी समयमा जर्गिन्हो पेनाल्टीमा चुक्दा विश्वकप छनोटमा इटाली जितबाट वञ्चित बनेको छ । घरेलु मैदानमा इटाली र स्वीट्जरल्यान्डले १–१ गोलको बराबरी खेलेको हो ।

रोमामा शुक्रबार राति भएको खेलमा घरेलु टोली खेलको ११औं मिनेटमा पछि परेको थियो । सिल्भान विडमेरले नोआ ओकाफोरको पासमा गोल गरेका थिए । ३६औं मिनेटमा जियोभान्नी डि लोरेन्जोले बराबरीमा गोल फर्काए । उनले लोरेन्जो इन्सिग्नेको पासमा गोल गरेका थिए ।

७६औं मिनेटमा लोरेन्जो इन्सिग्नेको क्रस इमिरीलाई डिफ्लेक्ट भएपनि गोलरक्षक यान सोमेरले उत्कृष्ट बचाउ गर्दा इटालीले अग्रता लिनबाट चुक्यो । ८५औं मिनेटमा फेडरिको चिइसाको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।

डोमिनिको बेरारडीलाई पेनाल्टी बक्समा युलिसेस गार्सियाले फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै इटालीलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा जर्गिन्होले गोल गर्न नसक्दा इटाली जितबाट वञ्चित बन्यो । उनको पेनाल्टी आकासिएको थियो ।

यो बराबरीपछि समूह ‘सी’ मा इटाली ७ खेलबाट १५ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । समान १५ अंक नै रहेपनि स्वीट्जरल्यान्ड गोल अन्तरमा दोस्रो स्थानमा छ । अब दुवै टोलीलाई विश्वकपमा सोझै छनोट हुन अन्तिम खेलमा जित निकाल्नुपर्ने हुन्छ ।

दुवै टोलीले बराबरी र पराजय भोगेको अवस्थामा भने गोल अन्तरमा इटाली विश्वकपमा छनोट हुनेछ । स्वीट्जरल्यान्डले प्ले अफ खेल्नुपर्ने हुन्छ । छनोटको अन्तिम खेलमा इटालीले नर्दन आयरल्यान्डसँग तथा स्वीट्जरल्यान्डले बुल्गेरियासँग खेल्दैछ ।

यही समुहको अर्काे खेलमा नर्दन आयरल्यान्डले लिथुआनियालाई १–० ले पराजित गरेको छ । बेनास सटकुसको आत्मघाती गोल नै नर्दन आयरल्यान्डको जितमा निर्णायक बन्यो ।

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.