9 years ago
November 23, 2016
काठमाडौं (हाम्रो खेलकुद) – रेडबुल फुटसल लिगमा बुधबार शंखमुल फुटसल र ह्वाइट हर्स फुटसल विजयी भएका छन् । समूह बीमा शंखमुल फुटसलले होम ग्राउन्डमा कुमारी फुटसललाई १०–२ ले हरायो । शंखमुललाई जित दिलाउन म्यान अफ द म्याच अभय राणाले ४ , निर्मल गुरुङले २, युनिस अवाले, विप्लवध्वज शाह, हिम्साइल जीसीले समान १ गोल गरे । कुमारीका मिसन लामाले आत्मघाती गोल गरे । कुमारीका रुपेश क्षत्री र सुमेश तामाङले १/१ गोल गरे ।

जितपछि शंखमुल समूहको शीर्षस्थानमा थप मजबुद बनेको छ । ९ खेलमा शंखमुलको २२ अंक पुगेको छ । उत्तिनै खेलमा कुमारीको १७ अंक छ र टोली दोस्रो स्थानमा छ । अर्को खेलमा रितेश लामाको ह्याट्रिकमा ह्वाइट हर्सले इम्पेरियल फुटसललाई ८–५ ले पराजित गर्यो । ह्वाइट हर्सका मनोज प्रजापति र मञ्जिल महर्जनले समान र प्रनेश गोर्खालीले १ गोल गरे । इम्पेरियलका निराजन गैरेले ह्याट्रिक गरे भने किसन अधिकारी र दीपक घिसिङले १/१ गोल गरे । ह्वाइट हर्सका रितेश म्यान अफ दी म्याच चुनिए । ह्वाइट हर्स ९ खेलमा १६ अंक छ भने इम्पेरियलको ९ खेलमा ९ अंक छ ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]