default_image

9 years ago

November 25, 2016

रेडबुल फुटसल लिगमा शंखमुलले सामाखुसीलाई हरायो

241 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– समूह बीको शीर्ष टोली शंखमुल र ह्वाइटहर्ष फुटसलले रेडबुल फुटसल लिगमा शुक्रवबार जित हासिल गरेका छन् । दिनेश राजवंशीको २ गोलको मद्दतमा शंखमुलले होम टोली सामाखुसी फुटसललाई ४–३ ले हरायो ।

fts

शंखमुलका लागि अनिष श्रेष्ठ र निर्मल गुरुङले पनि गोल गरे । अनिष श्रेष्ठले म्यान अफ द म्याच घोषित भए । सामाखुसीका लागि सुजन महर्जन, श्याम नेपाली र देबचन थापाले गोल गरे । १० खेलमा शंखमुलको २५ अंक पुगेको छ । ९ खेलमा दोस्रो स्थानको ताहाचलको १९ अंक छ । १० खेलबाट १६ अंक जोडेको सामाखुसी समूह बीको चौथो स्थानमा छ ।
अर्को खेलमा होम टिम ह्वाइटहर्षले चउर रिक्रियसन सेन्टरलाई ८–३ ले पराजित गर्यो । होम टिमका लागि मन्जिल महर्जनले ह्याट्रिक ३ गरे भने म्यानअफ द म्याच मनोज प्रजापतिले २ गोल, सुजित प्रजापति,रबि सिलवाल र नितेस महर्जनले समान १ गोल गरे । चउरका रोचक गुरुङ ले २ र अर्को गोल सुजित गुरुङले गरे । ह्वाइटहर्ष १० खेलबाट १९ अंक बनाउदै समूह एको दोश्रो स्थानमा उक्लिएको छ । समान १९ अंक भएपनि बानेश्वर तेश्रो स्थानमा रहेको छ । ९ खेलबाट २१ अंकसहित किकअफ शीर्षस्थानमा छ ।

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.