9 years ago
November 26, 2016
काठमाडौं (हाम्रो खेलकुद) – ढुकु फुटसलले शनिबारको खेल जित्दै रेडबुल फुटसल लिगअन्तर्गत समूह एको शीर्षस्थानमा उक्लेको छ । रजनी फुटसललाई ७–५ ले हराउँदै ढुकुको पहिलो स्थानमा उक्लेको हो ।

ढुकुका सिद्धान्त बस्नेतले ह्याट्रिक गरे भने मुस्कान लामाले २ र प्रकाश अधिकारीले १ गोल गरे । एक गोल आत्मघाती भएको थियो । मुस्कान खेलेको म्यान अफ दी म्याच बने । रजनीका लागि आयुष कार्की र सुसान केसीले समान २ र अनिष थापाले १ गोल गरे । १० खेलमा ढुकोको २१ अंक पुगेको छ । समान अंक भएपनि किकअफ फुटसल दोस्रो स्थानमा झरेको छ । तेश्रा स्थानमा रहेको ह्वाइटहर्षको १० खेलमा १९ अंक छ । १२ अंकसहित रजनी समूहको पाँचौं स्थानमा छ ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]