9 years ago
November 27, 2016
काठमाडौं (हाम्रो खेलकुद) – किकअफ फुटसल रेडबुल फुटसल लिगअन्तर्गत समूह एमा पुनः शीर्षस्थानमा उक्लेको छ । आइतबारको अर्को खेलमा कुमारी फुटसल विजयी भएका छ ।

दोस्रो स्थानमा झरेको भोली पल्ट आइतबारको खेलमा होम टिम कौशलटारको इन्पियरियललाई ४–० ले हराउँदै किकअफ फेरी पहिलो स्थानमा उक्लन सफल भएको हो । किकअफको जितमा राजिब श्रेष्ठले २ , विजय श्रेष्ठ र कृष्ण लामाले समान १ गोल गरे । विजय खेलको म्यान अफ दी म्याच घोषित । १० खेलमा किक अफको २४ अंक पुगेको छ भने दोस्रो स्थानको ढुकुको २१ अंक छ । इन्पिरियल ९ अंकसहित छैटौं स्थानमा छ ।
अवे टोली कुमारीले ताहचल फुटसललाई ५–३ हरायो । कुमारीका लागि राजिव लोप्चनले ह्याट्रिक गरे भने आशिष लामाले २ गोल गरे । आशिष म्यान अफ दी म्याच घोषित भए । ताहचलका राजिव शाही,सुनिल बस्नेत र सुजित बुढाथोकीले समान १ गोल गरे । समूह बीमा १० खेलपछि कुमारीको २० अंक पुगेको छ । तेस्रो स्थानमा रहेको ताहचलले १० खेलमा १९ छ । समूहमा शंखमुल शीर्षस्थानमा छ ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]