9 years ago
November 29, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – किकअफ फुटसल रेडबुल फुटसल लिगअन्तर्गत समूह एको शीर्षस्थानमा थप मजबुद बनेको छ । होम टोली बाँसबारी चउर फुटसललाई ६–२ ले हराउँदै किकअफले दोस्रो स्थानको बानेश्वर रिक्रियसन सेन्टरसँगको दुरीलाई ५ अंकले फरक बनाएको छ । अर्को समूहको खेलमा सामाखुसी फुटसलले ताहचल फुटसललाई ७–२ ले हरायो ।

किकअफको जितमा राज पौडेलले २,म्यान अफ दी म्याच कृष्ण लामा,राकेश कुवँर,रबिन पौडेल र प्रबेश जोशीले समान १ गोल गरे । चउरका सुवास योञ्जनले २ गोल गरे । ११ खेलपछि ९ जितसहित किकअफको २७ अंक पुगेको छ । बानेश्वरको २२ र तेस्रो स्थानको ढुकुको २१ अंक छ ।
सामाखुसीलाई होम ग्राउन्डमा जित दिलाउन नविन लामा र सुजन महर्जनले ह्याट्रिक गरे भने देवचन थापामगरले १ गोल गरे । विजयी टोलीका गोलकिपर रवि थापा खेलको म्यान अफ दी म्याच बने । ताहचलका लागि सुदिप बुढाथोकी र अनिल तामाङले समान १ गोल गरे ।
सामाखुसी ११ खेलबाट १९ अंकका साथ तेश्रो स्थानमा उक्लिदा समान अंक भएपनि गोलअन्तरमा ताहचल चौथौ स्थानमा झरेको छ । १० खेलमा २५ अंक बटुलेको शंखमुल फुटसल समूह बीको शीर्षस्थानमा छ । दोस्रो स्थानको कुमारीको २० अंक छ ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]