default_image

9 years ago

November 29, 2016

नेपाली खेलाडीले श्रीलंकामा फुटसल खेल्ने

255 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालीको एउटा टोलीले श्रीलंकामा आयोजना हुने तेस्रो दक्षिण एसियाली फुटसल प्रतियोगितामा भाग लिने भएको छ । डिसेम्बर १ देखि ४ सम्म हुने प्रतियोगितामा साजन महर्जनको कप्तानीमा रहेको टोली बुधबार त्यसतर्फ प्रस्थान गर्दैछ । समिर जंग कार्की उपकप्तान रहेको टोलीमा सुभाष घलान, डेनियल श्रेष्ठ, रितेश पौडेल, जितेन्द्र रसाईली, दिलिप लामाङ्ग र विकी शिल्पकार खेलाडी छन् ।
यस्तै टिम लिडरमा बटु कृष्ण थापा, टिम ब्यवस्थापनमा सन्तोष खतिवडा, टिम प्रशिक्षकमा नारायण कृष्ण महर्जन रहेका छन् । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले सातदोवाटोस्थित अन्तराष्ट्रिय खेल परिसरमा मंगलबार टोलीको विदाई गरे ।

ftsal

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.