default_image

9 years ago

December 2, 2016

रेडबुल फुटसलमा बानेश्वर र कुमारीलाई सफलता

156 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद)– रेडबुल फुटसल लिगमा शुक्रबार बानेश्वर रिक्रिएसन सेन्टर र कुमारी फुटसलले सफलता हात पारेका छन् । अवे खेलमा बानेश्वरले कौशलटारको एम्पेरियललाई ६–५ ले हरायो । विजयी टोलीका लागि कर्फु रसाइलीले ह्याट्रिक, करुण ज्ञवालीले २ र दिपु लामाले १ गोल गरे । एम्पेरियलका लागि म्यान अफ दि म्याच निराजन गैरे एक्लैले ४ गोल गरे भने दिपक घिसिङले अर्को थपे । बानेश्वर ११ खेलबाट २५ अंक सहित समुह एको दोस्रो स्थानमा उक्लेको छ । किक अफ २७ अंकसहित शीर्षस्थानमा छ भने ढुकु २२ अंकसाथ तेस्रो स्थामा छ । एम्पेरियलको ९ अंक छ ।

unnamed
समूह बीमा कुमारीले अवे खेलमा कीर्तिपुरलाई ८–२ ले पराजित गरे । कुमारीका लागि अभिषेक रिजालले ४ , सुरेश लामा,रितेश खड्की,आषिस लामा र कप्तान समेत रहेका म्यान अफ दि म्याच रुपेश क्षेत्रिले १ गोल गरे । कीर्तिपुरका अमित तामाङ र यमन महर्जनले गोल गरे । कुमारी ११ खेलबाट २० अंक सहित दोस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा रहेको शंखमुलको २६ अंक छ । २० अंकसहित हरिसिद्धी तेस्रो स्थानमा छ ।

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.