9 years ago
December 4, 2016
काठमाडौं (हाम्रो खेलकुद) – सुजित बुढाथोकीको पाँच गोलको मद्दतमा राष्ट्रिय रेडबुल फुटसल लिगमा आइतबार ताहचल फुटसलले होम ग्राउन्डमा हरिसिद्धी फुटबलसलाई ७ –२ को फराकिलो अन्तरले हराएको छ । विजयी टोलीका लागि थप दुई गोल अनिल तामाङले गरे । हरिसिद्धीका लागि राजेश लिम्बु र लाल बहादुर तामाङले गोल गरे । ताहचलका सुजित खेलको म्यान अफ दि म्याच घोषित भए ।

जितसँगै ताहचल १२ खेलबाट २२ अंकका साथ समूह बीको तेस्रो स्थानमा उक्लिएको छ । हरिसिद्धि को समान खेलमा २० अंक छ र टोली चौथो स्थान झरेको छ । समूह बीमा शंखमुल फुटसल समान खेलबाट २८ अंकसहित शीर्षस्थानमा रहेको छ । ११ खेलबाट २३ अंक जोडेको कुमारी फुटसल दोस्रो र १९ अंकका साथ सामाखुसी फुटसल पाँचौ स्थानमा छ ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]