default_image

10 months ago

August 6, 2023

क्रिजललाई हिमालयन फुटसल उपाधि

474 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौंमा सम्पन्न पहिलो ‘हिमालयन फुटसल प्रतियोगिता’को उपाधि क्रिजल फुटबल क्लबले जितेको छ ।

फाइनलमा टिकापुर ग्रिनसिटी फुटबल क्लबलाई ४-१ गोल अन्तरले पराजित गर्दै क्रिजलले उपाधि जितेको हो ।

विजेता टोली क्रिजल एफसीले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसँगै ट्रफी र मेडल हात पारेको छ । रनर अप बनेको टिकापुर ग्रिनसिटीले ५५ हजार ५ सय ५५ रुपैयाँसँगै रनरअप ट्रफी र मेडल प्राप्त गर्यो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी क्रिजल एफसीका विवश पण्डित घोषित भए उनि एक्लैले फाइनलमा उत्कृष्ट ४ गोल गर्न सफल भएका थिए ।

उत्कृष्ट गोलकिपरको पुरस्कार टिकापुरका सविन जोशीले प्राप्त गरेका छन् । दुबैले समान ५ हजार ५ सय ५५ रुपैयाँ हात पारे । प्रतियोगितामा ११ हजार १ सय ११ रुपैयाँको फेयर प्ले अवार्ड भाटभटेनी हेल्थ क्लबले प्राप्त गर्यो ।

प्रतियोगिताको समापन समारोहमा नेपाली फुटबल टिमका पूर्व कप्तान तथा राष्ट्रिय फुटसल टिमका पूर्व प्रशिक्षक राकेश श्रेष्ठले विजेतालाई ट्रफी प्रदान गरेका थिए ।

हिमालयन फुटबल क्लबको आयोजनामा पहिलोपटक भएको प्रतियोगिता दुई दिनसम्म चलेको थियो । प्रतियोगितामा देशभरबाट ३८ फुटसल टिमले सहभागिता जनाएका थिए ।

May 7, 2024

पहिलो पटक सार्वजनिक विश्व फुटसल वरियतामा नेपाल १२१औं

काठमाडौं (हाम्रो खेलकुद) – विश्व फुटबल महासंघ फिफाले पहिलो पटक सार्वजनिक गरेको विश्व पुरुष फुटसल वरियतामा नेपाल समेत सामेल भएको छ । फिफाले मंगलबार सार्वजनिक गरेको वरियतामा नेपाल १२१औं स्थानमा रहेको छ । फिफाले पहिलो पटक विश्व फुटसल वरियता सार्वजनिक गरेको हो । फिफाले सार्वजनिक गरेको पुरुष वरियतामा नेपाल सामेल भएपनि महिला वरियतामा भने नेपाल […]

April 5, 2024

एन्फालाई प्याराडाइमद्वारा २३ लाख प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) लाई कलेज फुटसल प्रतियोगिता आयोजना गर्न प्याराडाइम ग्रुप प्रालिले २३ लाख रुपैयाँको प्रायोजन गरेको छ । एन्फाले सामाजिक संजालमार्फत प्रतियोगिताको सम्पूर्ण प्रायोजन अधिकार तथा डिजिटल र ब्रोडकास्ट अधिकारका लागि प्याराडाइमसँग सम्झौता गरेको जनाएको छ । एन्फाका महासचिव किरण राई र प्याराडाइमका सिसन बानियाले प्रायोजन सम्झौतामा हस्ताक्षर […]

February 27, 2024

आइटी फुटसल कप हुने

काठमाडौं (हाम्रो खेलकुद) – एआइटिएम कलेजको आयोजनामा आइटी फुटसल कप २०२४ को आयोजना हुने भएको छ । ब्याचलर पढ्ने विद्यार्थीहरुलाई लक्षित गर्दै चैत ४ गते प्रतियोगिता हुने भएको हो । विजेताले ५० हजार र उपविजेताले २५ हजार प्राप्त गर्ने प्रतियोगिताको टाइसिट १ चैत्रमा सार्वजनिक हुनेछ । प्रतियोगिताका लागि ३० फाल्गुनसम्म दर्ता मिति रहेको छ । […]

Success

Thank you for your time.