2 years ago
February 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एआइटिएम कलेजको आयोजनामा आइटी फुटसल कप २०२४ को आयोजना हुने भएको छ ।
ब्याचलर पढ्ने विद्यार्थीहरुलाई लक्षित गर्दै चैत ४ गते प्रतियोगिता हुने भएको हो । विजेताले ५० हजार र उपविजेताले २५ हजार प्राप्त गर्ने प्रतियोगिताको टाइसिट १ चैत्रमा सार्वजनिक हुनेछ ।
प्रतियोगिताका लागि ३० फाल्गुनसम्म दर्ता मिति रहेको छ । टोलीको दर्ता शुल्क ७ हजार रुपैयाँ छ । कलेजका अतिरिक्त क्रियाकलाप संयोजक आलिग तामाङ (९८४१०३७३९४) मार्फत दर्ता गर्न सकिनेछ ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]