2 years ago
April 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) लाई कलेज फुटसल प्रतियोगिता आयोजना गर्न प्याराडाइम ग्रुप प्रालिले २३ लाख रुपैयाँको प्रायोजन गरेको छ ।
एन्फाले सामाजिक संजालमार्फत प्रतियोगिताको सम्पूर्ण प्रायोजन अधिकार तथा डिजिटल र ब्रोडकास्ट अधिकारका लागि प्याराडाइमसँग सम्झौता गरेको जनाएको छ । एन्फाका महासचिव किरण राई र प्याराडाइमका सिसन बानियाले प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको एन्फाले जनाएको छ । सम्झौता अनुसार प्याराडाइमले २३ लाख रुपैयाँ एन्फालाई प्रदान गर्नेछ ।
प्रतियोगितामा २४ टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरेर लिग कम नकआउट पद्दतिमा प्रतियोगिता आयोजना गरिनेछ । वैशाख दोस्रो साता हुने प्रतियोगिता लगनखेलस्थित आर्मीको कभर्ड हलमा हुने तयारी रहेको छ ।
प्रतियोगिता आयोजनाका लागि अनुमानित बजेट ३० लाख रुपैयाँ रहेको छ । २३ लाख रुपैयाँ प्याराडाइम र बाँकी रकम एन्फाले उठाउनेछ ।
एन्फाले दुई वर्षअघि डिजीफ्लाइसँग फुटसल लिगका लागि सम्झौता गरेको थियो । यसपटक भने कलेज फुटसल प्रतियोगिता आयोजना हुन लागेको हो । यसपटक भने खुला टेण्डर आव्हान नगरी सम्झौता गरिएको हो ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]