1 year ago
July 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – जेम्स स्कुल र आयोजक एभिएमले सत्य नारायण बहादुर श्रेष्ठ स्मृति अन्तर स्कुल यु-१६ फुटसल प्रतियोगिताको उपाधि जितेका छन् । जेम्सले पुरुष तर्फ र एभिएमले महिला तर्फको उपाधि जित्न सफल भएका हुन् ।
जेम्स स्कूलले सेन्ट जेभियर जावलाखेललाई पराजित गर्दै पुरुष तर्फको उपाधि जितेको हो । उता जेम्स स्कुल महिलातर्फ भने पराजित हुन पुग्यो ।
सेन्ट जेभियर पुरुष तर्फ तेस्रो स्थान हासिल गर्न सफल रह्यो भने महिला तर्फ रोजबड स्कुल तेस्रो रह्यो ।
व्यक्तिगत विधातर्फ सेन्ट जेभियरका सुयाम भक्त श्रेष्ठ उत्कृष्ट खेलाडी चुनिए भने महिला तर्फ आयोजककी कृतिशा तामाङ उत्कृष्ट भइन् । आयोजककै आरोशी शर्मा उत्कृष्ट गोलकर्ता हुँदा पुरुष तर्फ पनि आयोजककै सृजल पौडेलले सर्वाधिक गोल गरे ।
पुरुष तर्फ एभन्स स्कूलले फेयर प्ले अवार्ड हासिल गर्यो । महिला तर्फ भने सो अवार्ड एम्स स्कूलले पाउन सफल रह्यो ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]