default_image

1 year ago

August 23, 2024

दारी ग्याङले फुट्सल प्रतियोगिता आयोजना गर्ने

793 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सामाजिक संजालमा चर्चित युवाहरुको समुह दारी ग्याङले आगामी भदौ १४ र १५ गते फुट्सल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

प्रतियोगिता नागर्जुन नगरपालिका-६, रामकोट स्थित ब्रुह स्पोर्ट्स सेन्टरमा हुनेछ । प्रतियोगिताको शिर्ष प्रायोजक बिज एजुकेशन रहेको छ भने मिडिया पार्टनर रुटिन अफ नेपाल बन्द रहेको छ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदको फेसबुक र युट्युब च्यानल मार्फत हुनेछ। हाम्रोखेलकुद प्रतियोगिताको ब्रोडकास्टिङ पार्टनर रहेको छ ।

प्रतियोगितामा २४ देखि ३२ टिमको सहभागिता रहनेछ । पहिलो दिन लिग चरण र दोस्रो दिन नकआउट चरणका खेल हुनेछन् । लिग चरणका खेल १४ मिनेटका हुनेछन् भने नकआउट चरणका खेल २० मिनेटको हुनेछ ।

प्रतियोगिता खुल्ला किसिमको भएकाले नेपाली नागरिक जोसुकैले टिम दर्ता गर्न सक्नेछन् । तर राष्ट्रिय फुट्बल र फुटसलको ए डिभिजन खेलिसकेका खेलाडीले भने भाग लिन पाउने छैनन् । दारी ग्याङ्गको वेबसाइटमा रहेको यो फर्म भरेर आफ्नो टिम दर्ता गर्न सकिनेछ ।

टिम दर्ताका लागि पाँच हजार दर्ता शुल्क र चार हजार धरौटी शुल्क लाग्नेछ। धरौटी रकम अनुशासन कमिटीको रायपछी फिर्ता हुनेछ। सम्पूर्ण खेलहरु फिफाको फुट्सल नियम अनुसार खेलाइनेछ ।

प्रतियोगिताको विजेताले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उप-विजेताले ३० हजार नगद, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसै गरि उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र शिर्ष गोलकर्ताले क्रमशः गोल्डेन बल, गोल्डेन ग्लोभ्स र गोल्डेन बुटका साथसाथै पाँच-पाँच हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन।

‘परोपकारका लागी फुटसल’ भन्ने नाराका साथ आयोजना हुन लागेको प्रतियोगिताबाट बचत भएको रकम मार्फत भविष्यमा सामाजिक कार्यक्रमहरु आयोजना गर्ने आयोजक समिती सदस्य महेश्वर घिमिरेले बताए ।

वि.स. २०७२ सालमा स्थापित दारी ग्याङ दारीलाई माया गर्ने, दारी पाल्न रुचाउने र सामाजिक कार्यमा संलग्न युवाहरुको समूह हो । त्यसो त, समुहमा हुनलाई दारी पाल्नै पर्छ भन्ने वाध्यताकारी नियम भने छैन । समुहको संजाल देशै भरी र विदेशमा समेत रहेको छ ।

भुकम्प, बाढीपहिरो लगायतका प्राकृतिक विपत्ती, कोरोना महामारी, नो सेभ नोभेम्बर र क्यान्सर सचेतना, नियमित र आकस्मिक रक्तदान, रक्त समूह परिक्षण, निशुल्क स्वास्थ्य शिविर, सरसफाई अभियान, परिस्थितीजन्य जनचेतनामूलक कार्यक्रम, सांस्कृतिक धरोहर चिनारी र संरक्षण, सडक नाटक प्रदर्शनी, विद्यालय र विद्यार्थीहरुलाई ह्वाइट बोर्ड/स्टेशनरी/खेलकुद/ड्रेस, विज्ञान प्रदर्शनी, अशक्त/असहायलाई घर निर्माण, साक्षरता तालिम लगायत समाजसंग जोडिएका विभिन्न क्रियाकलापमा समूह सकृय छ ।

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.