10 years ago
August 15, 2015
दोर्जे गियर, ठमेलले सेल्कन कप प्रथम सिक्स ए साइड खुला फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
चावहिलमा भएको फाइनलमा दोर्जेले हाइवे फुटसललाई ३–० गोलअन्तराले पराजित गर्यो । तीनै गोल सन्तोष तामाङबाट सम्भव भयो ।
सेमिफाइनलमा दोर्जेले लक्की ब्वाइजलाई टाइब्रेकरमा ३–२ तथा हाइवेले आयोजक चावहिल स्पोर्ट्स क्लबलाई १–० गोलले हराउदै फाइनलमा स्थान सुरक्षित गरेका थिए ।
उपाधिसंगै दोर्जेले १ लाख नगद पुरस्कार हात पार्यो । उपविजेता हाइवेले ५० हजार नगदमा चित्त बुझायो ।
प्रतियोगितामा हाइवेका कृष्णगोपाल श्रेष्ठ उत्कृष्ट खेलाडी चुनिए भने कान्जिरोवाका सुशान्त नेपाल उत्कृष्ट गोलरक्षक घोषित भए । दुवैले पुरस्कार स्वरुप सेल्कन मोबाइल पाए । त्यस्तै प्रतियोगितामा सहभागी फास्ट टु फास्ट ग्रुपका ५० वर्षिय भरत थापालाई उनको खेलको प्रशंसा गर्दै आयोजकले सेल्कन मोबाइल प्रदान गर्यो ।
विजेतालाई युवा नेता गगनकुमार थापा, मुख्य प्रायोजक सेल्कन मोबाइलका चेयरम्यान भुवनेश्वर शर्मा, आयोजक क्लबका अध्यक्ष अजब श्रेष्ठलगायतले पुरस्कृत गरे । साउन १५ गतेदेखि सुरु नकआउट प्रतियोगितामा ४९ टिम सहभागी थिए ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]