10 years ago
January 15, 2016
बिकृती फैल्याएको भन्दै फुटसलमाथि लगाएको अनिश्चितकालीन प्रतिबन्ध नेपाल प्रहरीले १ दिनमै हटाएको छ ।
प्रमुख जिल्ला अधिकारी, महानगरीय प्रहरी परिसरका प्रतिनिधि र फुटसल व्यवसायीबीच भएको १८ बुँदे सहमतिपछि प्रतिबन्ध हटेको हो ।
फुटसल खेल्दा लाग्ने शुल्कको सूची सार्वजनिक गर्नुपर्ने, खेलाडीको बिमा -तेस्रो पक्षीय बिमा), फुटसलमा सीसीटीभी व्यवस्था गर्नुपर्ने , १५ दिनभित्र सम्बन्धित निकायमा फुटसललाई दर्ता गरिसक्नुपर्ने , राति ७ बजेपछि फुटसल खोल्न नपाइने, शौचालय र क्यान्टिनको व्यवस्था हुनुपर्ने, मदिराजन्य, लागूऔषध प्रयोग गर्न नपाइने, साउन्ड प्रुफ फुटसल हुनुपर्ने, जुवा खेल्न नपाइने सहमतिमा छ ।
यी सबै बुधाहरु तिन महिना भित्र कार्योनयनमा आउनु पर्ने सहमतिमा छ ।
फुटसलको कारण समाजमा बिकृती फैलिएको गुनासो आएको भन्दै महानगरीय प्रहरी परिसरले काठमाडौं उपत्यकाका सबै फुटसल अनिश्चितका लागि बन्द गर्ने निर्णय गरेको थियो ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]