9 years ago
June 30, 2016
ए.एम.ए इभेन्ट्सले महत्त्वकाङ्क्षी लक्ष्य लिएर राजधानीमा फुटसल प्रिमिएर लिग आयोजना गर्ने भएको छ।

आज भएको पत्रकार सम्मेलनमाकाठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा रहेका फुटसलहरुको मात्र संलग्नता रहने यस प्रतियोगिताको प्रथम हुने टोलीलाई दश लाख रुपैंया पुरस्कार स्वरुप प्रदान गरिनेछ भने दोश्रो हुने टोलीले पाँच लाख रुपैंया पाउनेछ।
पहिलो चरणमा नकआउट पद्धतिको आधारमा खेल खेलाएर १६ टोलीको छनोट गरिने र त्यसपश्चात राउण्ड रोबिन लिगको आधारमा खेल खेलाइने जानकारी दिइयो। लिगको कुल २४० खेलको समाप्तिपछि अंक तालिकाको वरियता अनुसार विजेता घोषित गरिने पनि कार्यक्रममा बताइयो। व्यक्तिगत पुरस्कार तर्फ सर्वोत्कृष्ट खेलाडी र गोलरक्षकलाई जनहि पचास हजार रुपैंयाको व्यवस्था गरिएको छ।
श्रावण दश गतेबाट पहिलो चरणको खेल खेलाइने र लिग चरण भने भाद्रको तेश्रो हप्ताबाट मात्रै सुरु हुनेछ। पौषको तेश्रो हप्तासम्म प्रतियोगिताको अन्तिम चरणको खेल सकाउने लक्ष्य रहेको पनि कार्यक्रममा जानकारी दिइयो।
कार्यक्रमका संयोजक विवेक गौतमले यो पहिलो संसकरण भएकाले कठिन हुने भएपनि खेलप्रेमीको साथसंगै सफल हुने आशा बोकेको बताए। “हामीले तिन महिनाभन्दा बढि अध्ययन गरेर यो कार्यक्रम आयोजना गर्न लागेका हौं। हामीले विगतमा खेल बाहिरका विभिन्न कार्यक्रमहरु गरिआएको र सफलता पनि हासिल गरेका छौं। यसलाई हामीले वार्षिक कार्यक्रमका रुपमा आयोजना गर्ने लक्ष्य लिएका छौं।”, गौतमले भने।
कार्यक्रममा यस प्रतियोगिताको बजेट र प्रायोजक सम्बन्धि जिज्ञासालाई भने निकट भविष्यमा अरु कार्यक्रम गरेर जानकारी दिइने पनि प्रष्ट्याइयो। आयोजकका अनुसार प्रतियोगिता आयोजना गर्न सम्पुर्ण योजनाहरु तयार पारिइसकेको छ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]